Logo

मृतक युवकको कोरोना रिपोर्ट नेगेटिभ



जनकपुरधाम, १६ जेठ : धनुषा जिल्लाको जटहीनाकामा यही जेठ १४ गते बुधबार मृत्यु भएका युवकमा कोरोनाको सङ्क्रमण नदेखिएको पाइएको छ । प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार युवकको कोरोना परीक्षणको नतिजा निगेटिभ आएको छ ।

चार महिनाअघि रोजगारी गर्न भारतको गुजरात गएका धनुषा जिल्ला शहीदनगर नगरपालिका–९ का ३० वर्षीय वीरेन्द्र गुरमैता ९यादव० को घर आउने क्रममा जटहीनाकामा मृत्यु भएको थियो । उहाँका सहकर्मीका अनुसार घर आउने क्रममा यादव भोकै छ दिनसम्म पैदल हिँड्दै घर फर्किरहँदा भोकले बेहोस भइ सो स्थानमा मृत्यु भएको थियो । यसैबीच शहीदनगर नगरपालिकाले किरियाखर्चका लागि मृतकका परिवारलाई रु एक लाख रकम दिने निर्णय गरेको जनाइएको छ ।रासस File Photo



प्रतिक्रिया दिनुहोस्