Logo

कोरोना भाइरसबाट थप एक जनाको मृत्यु, संक्रमणबाट कुल मृत्यु संख्या छ पुग्यो



काठमाडौं, १६ जेठ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० जेठमा मृत्यु भएका ३५ वर्षीय पुरुषको कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मृतक भुमिका स्थानका ३५ वर्षी पुरुष रहेको र जेठ १० गते निधन भएको जानकारी दिएका हुन् । उनी भारतबाट आउने क्रममा बाटोमै मृत्यु भएको हो ।

यसअघि देशमा ५ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म मृत्यु भएकामा एकजना महिला र पाँच जना पुरुष छन् ।



प्रतिक्रिया दिनुहोस्