Logo

वरिष्ठ गीतकार थापाको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त



काठमाडौँ, १६ जेठ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ गीतकार रत्न शमशेर थापाको निधनप्रति शोक व्यक्त गर्नुभएको छ ।

सभापति देउवाले शोक विज्ञप्तिमार्फत उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । नेपालको साङ्गीतिक क्षेत्रका चर्चित वरिष्ठ गीतकार थापाको निधनको खबरले दुःखित बनाएको उल्लेख गर्र्दै सभापति देउवाले उहाँको निधनबाट मुलुकलाई अपूरणीय क्षति पुगेको बताउनुभएको छ । कालजयी र सदाबहार राष्ट्रभक्तिका गीत सिर्जना गरेर स्व थापाले नेपालको साङ्गीतिक क्षेत्रमा ठूलो योगदान पु¥याउनुभएको थियो ।रासस File photo



प्रतिक्रिया दिनुहोस्