Logo

भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने निर्णय



काठमाडौं, १६ जेठ । उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड-१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठक सम्पन्न भएको छ । समितिको आज बसेको बैठकले भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

उनीहरुलाई अर्को साताबाट स्वदेश फर्काउने प्रक्रिया सुरु गरिनेपनि ती मन्त्रीले जानकारी दिए । त्यसको लागि परराष्ट मन्त्रालयले फर्कन चाहनेहरुको तथ्यांक संकलन गरिरहेको छ । आज बैठकमा विदेशमा रहेका नागरिकलाई स्वदेश फर्काउने सम्बन्धी कार्ययोजना पारित गरिएको छ । FILE PHOTO/ReportersNepal.Com



प्रतिक्रिया दिनुहोस्