Logo

संविधान संशोधनसम्बन्धी जसपाको प्रस्ताव दर्ता गर्न अस्विकार



काठमाडौं । संघीय संसद सचिवालयले जनता समाजवादी पार्टी, नेपालको संविधान संशोधनसम्बन्धी छुट्टै प्रस्ताव दर्ता गर्न अस्विकार गरेको छ । संसद महासचिव डा. भरतराज गौतमले सभामुख अग्निप्रसाद सापकोटासँग छलफल गरेर मात्रै प्रस्ताव दर्ता गर्ने वा नगर्ने भन्नेबारे निश्कर्षमा पुग्ने भएकोले आज दर्ता गर्न असमर्र्थ रहको जनाएका थिए ।

महासचिव गौतमले आफूहरुलाई आउने आईतबार बोलाएका जसपाका नेता केशब झाले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । संविधान संशोधनसम्बन्धी छुट्टै प्रस्ताव लिएर जसपाका नेताहरु आज अपरान्ह संघीय संसद सचिवालय पुगेका थिए। त्यसको लागि सांसदहरु महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, पूर्वमन्त्री तथा सांसद मोहम्मद ईस्तियाक राई, प्रदेश सांसद मनिष सुमन, नेता केशब झालगायत गएका थिए ।



प्रतिक्रिया दिनुहोस्