Logo

गन्तव्य नेपाल ग्रुपको संयोजनमा बोधिसत्व विहारद्वारा पत्रकारहरुलाई स्वास्थ्य सामाग्री वितरण



काठमाडौ, १६ जेठ। गन्तव्य नेपाल ग्रुपको संयोजनमा बोधिसत्वा विहारद्वारा पत्रकारहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । गन्तव्य नेपाल ग्रुपको संयोजनमा कोरोना महामारीबीच रिपोर्टिङमा खटिने पत्रकारहरूको सुरक्षा र सहजताका लागि पिपिई सेट, प्रेस ज्याकेट, माक्स, सेनिटाईजर, ग्लोक्सलगायतका समाग्री वितरण गरेको हो । गन्तव्य नेपाल ग्रुपका अध्यक्ष शिव अधिकारी (अविरल) ले सामाजिक दुरी कायम गर्दै नक्साल स्थित नारायण चौरबाट छापा, अनलाइन, रेडियो तथा टेलिभिजनमा कार्यरत १०० जना पत्रकारहरुलाई उक्त सामाग्री प्रदान गरिएको थियो ।

सामग्री वितरण गर्दै अध्यक्ष अधिकारीले सामग्री व्यवस्थापनमा सहयोग गर्ने बोधिसत्वा विहार प्रति आभार प्रकट गरेका छन् । “सामग्री व्यवस्थापनमा सहयोग गर्ने बोधिसत्व विहार र विशेष गरी विहारका मूल गुरु हाल नेपालमा रहनुभएका ताइवानी नागरिक हेगुवाङ शी र विहारअन्तर्गत कोरोना लक्षित आपत्कालीन राहत कार्यक्रमका सञ्चालक शान्त शर्मा प्रति विशेष आभार प्रकट गरे । धिकारीकै अध्यक्षतामा केही दिनअघि राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) ले पनि सोही स्थानबाट ५० जना पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको थियो । Mkukunda Kalikote/RN



प्रतिक्रिया दिनुहोस्