Logo

कोरोना संक्रमितले अस्पताल भरिने सरकारकै आँकलन, अवस्था भयावह बन्दै



नेपालमा कोरोना भाइरसको संक्रमित १६ दिनमा छ गुणाले वृद्धि भएको छ । बितेको तीन दिनमा लगातार रेकर्ड तोडिने गरी संक्रमित संख्या एकै दिनमा अत्याधिक वृद्धि भएको छ । स्वास्थ्य मन्त्रालयले अबको अवस्था भयावह हुनसक्ने आँकलन गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा अस्पताल संक्रमितले भरिने बताएका छन् । उनले भने, ‘अस्पताल आइशोलेशनमा बस्नेहरुले भरिभराउन हुनेछन् ।’ भविष्यको चुनौतीलाई दृष्टिगत गरी स्वास्थ्य मन्त्रालयभित्र योजनाहरु बनाउन थालिएको छ । जसमध्ये अब संक्रमितको उपचार घरमै गर्ने व्यवस्था समेत गरिदैछ ।

डा. देवकोटाले कोरोना संक्रमितका लागि होम क्वारेन्टाइनको व्यवस्था गर्नुपर्ने दिन पनि आउने बताए । उनले भने, सबैले तयार गर्नुपर्ने हुन्छ । घरमै आइशोलेशनमा संक्रमित बस्ने व्यवस्था गरिंदा समुदायमा सहयोग गर्न आउनेलाई सहयोग गर्न समेत आग्रह गरे ।

देवकोटाले अब झन् सतर्क हुनुपर्ने बेला आएको बताए । उनले संक्रमितको अवस्था हेरेर अस्पतालमा कसरी राख्ने भन्ने व्यवस्था हुने बताए ।
आज एकै दिनमा १७० कोरोना भाइरसका संक्रमित बढेसँगै अस्पतालमा निकै दबाब परेको छ । देशमा एकै दिन १७० संक्रमित बढेर कुल संख्या १२१२ पुगिसकेको छ । संक्रमणबाट ६ जनाको मृत्यु भइसकेको छ । वृद्धिदर उच्च हुँदै गएपछि जोखिम बढेको निष्कर्षमा सरकार पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्