Logo

ट्राफिक प्रहरीलाई रोटरी क्लब, पशुपतिद्वारा स्वास्थ्य सामाग्री प्रदान



जेष्ठ १६, काठमाडौँ । कोरोना महामारीको रोकथाम र नियन्त्रणमा जुटिरहेका ट्राफिक प्रहरीलाई रोटरी क्लब, पशुपतिले स्वास्थ्य सामाग्री प्रदान गरेको छ । महाशाखामा आज एक कार्यक्रमबीच रोटरी क्लबका अध्यक्ष हर्क साउदले महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकाललाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

स्वास्थ्य सामाग्री ग्रहण गर्दै महाशाखा प्रमुख ढकालले कोरोना भाइरसको जोखिमबाट बच्न नेपाल सरकारले लागू गरेको लकडाउनलाई कडाईका साथ पालना गराउन अग्रपङ्तिमा रही आम नागरिकको सेवा र सुरक्षामासक्रीय रूपमा ट्राफिक प्रहरी खटिएको बताए । ढकालले यस बिषम परिस्थितीमा ट्राफिक प्रहरीलाई यि स्वास्थ्य सामग्रीले कोरोना संक्रमणको जोखिमबाट बच्नको लागि महत्वपूर्ण भूमिका खेल्नुका साथै थप हौसला र उच्च मनोबल समेत मिल्ने भएकोले रोटरी क्लब, पशुपतिले गरेको सहयोग एवम् सद्भाव प्रति विशेष धन्यवाद दिए।

स्वास्थ् सामाग्री हस्तान्तरण गर्दै रोटरी क्लबका अध्यक्ष हर्क साउदले  माहामारीको यस घडीमा नागरिकको सेवामा अहोरात्र खटिने ट्राफिक प्रहरीलाई संक्रमणको जोखिमबाट बच्न र काम गर्ने मनोबल थप उच्च हुने बिश्वासका साथ स्वास्थ्य सामग्री प्रदान गरिएको जानकारी दिए । आगामी दिनमा पनि ट्राफिक प्रहरीलाई यस्तै सहयोग एवम् सहकार्य गरी निरन्तर अगाडि बढ्न क्लब तत्पर रहेको विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रहरी अधिकृतहरु तथा रोटरी क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार रोटरी क्लवबाट प्राप्त माक्स १५०० थान र २७.५ लिटर सेनिटाईजर महाशाखालाई प्राप्त भएको छ । उक्त सामग्रीहरू सम्पूर्ण ट्राफिक प्रहरीलाई वितरण गरिने बताए ।



प्रतिक्रिया दिनुहोस्