Logo

अमेरिकास्थित लुईभिलमा प्रहरीद्वारा गोली प्रहार, सात प्रदर्शनकारी घाइते



१६ जेठ : अमेरिकाको केन्टकी राज्यको लुईभिलमा गोली प्रहार भएको छ । उक्त क्षेत्रमा गत मार्च महिनामा महिलामाथि घातक गोली प्रहार गरि हत्या गरिएको बिरोधमा प्रदर्शन गर्न उत्रेका कम्तिमा ७ जना प्रदर्शनकारीहरुमाथि प्रहरीले गोली चलाएको हो ।

स्व ब्रेओना टेलर नाम गरेकी महिलालाई न्याय दिलाउन प्रदर्शनकारी सडकमा आउदा प्रहरीले गोली प्रहार गरेको हो । लुईभिल महानगरीय प्रहरीले शुक्रबार बिहान मे २९ का दिन एक वक्तब्य जारी गर्दै ७ जनालाई गोलीबाट घाइते भएको जनाएको छ ।

यसको अतिरिक्त अझ पनि गिरफ्तारी गरिएको भनेता पनि कति संख्यामा भने जनाएको छैन । उक्त बिरोध प्रदर्शनमा कम्तिमा ५ सय देखि ६ सय जना प्रदर्शनकारी गत बिहिबार राती केन्टकी शहरको मुख्य बजारमा अघि बढेका थिए । कम्तिमा ६ घण्टा सम्म प्रदर्शनकारीले बिरोधका नारा लगाएका थिए भने बिहानीपख वर्षा भएको कारण प्रदर्शन रोकिएको स्थानीय कुरियर जर्नलले जनाएको छ ।

लुईभिलका नगर प्रमुख ग्रेग फिसरले मध्यरात अगाडी स्वाभाविक रुपमा भावनाहरू उच्च छन् भने सामाजिक संजाल फेसबुक(अनुहार किताब)मा लेखेका छन् । र ,सबैलाई शान्ती को लागि आग्रह गरेका छन् ।

२६ बर्षिय अस्वेत महिला टेलरलाई गत मार्च १३ मा ८ पटक लुइभिल लागु पदार्थ नियन्त्रण जासुसहरुले गोली हानेका थिए । प्रहरीले खोजतलासी गर्दा उनको घरमा कुनै लागु पदार्थ फेला पार्न सकेन ।महिलाका परिवारले प्रहरी बिभागमाथि मुद्धा दायर गरेका थिए ।एपी



प्रतिक्रिया दिनुहोस्