Logo

कर्णाली प्रदेशमा थप १४ जनामा कोरोनाको संक्रमण, कुल संक्रमित १२२६ पुग्यो



काठमाडौं, १६ जेठ । कर्णाली प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १२ सय २६ पुगेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दैलेखका थप १४ जनामा कोरोना संक्रमण देखिएको हो । आज संक्रमण पुष्टि भएका १४ जना नै दैलेख नारायण नगरपालिकाका हुन् ।



प्रतिक्रिया दिनुहोस्