Logo

६७ लैङ्गिक हिंसा घटना दर्ता



काठमाडौँ, १७ जेठ । कोरोना भाइरस सङ्क्रमणको अवधिमा बाँकेमा महिलामाथिको लंैगिक हिंसा रोक्न सरोकार पक्षसँग आवश्यक समन्वय, संवाद र सहजीकरणको प्रक्रिया अघि बढाइएको छ ।

जिल्लामा घरेलु हिंसा, जबर्जस्ती करणी, यौन दुव्र्यवहारलगायत घटना वृद्धि भएपछि संवाद समूह, बाँकेले भर्चुअल (अनलाइन) छलफलमार्पmत सम्बन्धित निकायको ध्यानाकर्षण गराउनाका साथै घटना न्यूनीकरण र न्यायका लागि यस्तो पहल गरेको हो । जिल्ला प्रहरी कार्यालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र नेपालगञ्जका अनुसार गत चैत ११ देखि मसान्तसम्म १७, वैशाखमा ३६ र जेठ १५ गतेसम्म १४ लैङ्गिक हिंसाका घटना दर्ता भएका छन् ।

बन्दाबन्दी अवधिमा सबैभन्दा बढी घरेलु हिंसाका घटना दर्ता भएका छन् । यसबाहेक जिल्ला प्रहरी कार्यालयमा महिलामाथि गाली बेइज्जती, कुटपिट र बेपत्ताका घटना पनि दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख, स्थानीय तहका जनप्रतिनिधि, अधिकारकर्मीलगायतको सहभागिता रहेको भर्चुअल छलफलमा महिला हिंसाका घटना, स्वरुप तथा प्रवृत्ति र नियन्त्रणका लागि भएका साझा प्रयासका विषयवस्तुमाथि संवाद गरिएको थियो ।

समूहका जिल्ला सहजकर्ता शुक्रऋषि चौलागाईँद्वारा सहजीकरण गरिएको संवादमा सहभागीले कोरोना सङ्क्रमणका समयमा सरकारका मौजुदा संयन्त्रले सहज र प्रभावकारी काम गर्न नसक्ने जिकिर गर्दै नयाँ संयन्त्रमार्फत न्याय सम्पादन गर्नुपर्नेमा जोड दिएका थिए । (रासस)



प्रतिक्रिया दिनुहोस्