Logo

रगत भमिट गरेपछि अस्पताल लगिएका लुभुका प्रहरी इञ्चार्ज माझीको मृत्यु



ललितपुर, १७ जेठ । रगत भमिट गरी अस्पताल लगिएका महानगरी प्रहरी प्रभाग लुभुका इञ्चार्ज टेकबहादुर माझीको मृत्यु भएको छ । हिजो अपरान्ह कार्यकक्षमै ढलेर रगत भोमिट गरेका उनलाई आकस्मिक रुपमा अल्का अस्पताल लगिएको थियो ।

सई माझीको आज विहान अस्पतालमै मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी तुलबहादुर कार्कीले पुष्टि गरे । कार्कीका अनुसार माझीलाई गम्भीर अवस्थामा अस्पताल लगिएको थियो ।

टाउकोमा रगत जमेको पत्ता लागेपछि उनको रातिनै शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि पनि उनलाई बचाउन नसकिएको बुझिएको छ । राति नै आकस्मिक रुपमा शल्यक्रिया गरिएको बुझिएको छ ।

माझी दुई महिना अघि मात्र लुभुमा इञ्चार्जका रुपमा पठाइएका थिए । उनी क्षमतावान प्रहरीका रुपमा परिचित थिए । कार्यक्षेत्रमा निकै खटिने र इमान्दार प्रहरी भएकाले ललितपुरका इञ्चार्ज एसएसपी टेकबहादुर राईले खटाएका थिए ।



प्रतिक्रिया दिनुहोस्