Logo

११ घण्टासम्म संक्रमितलाई भर्ना नगरेपछि मन्त्री आफै पुगे विपि प्रतिष्ठान



धरान, जेठ १७। कोरोना संक्रमण पुष्टि भएका झापाका २७ जना कोरोना संक्रमितहरुलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ११ घण्टा पछि मात्रै भर्ना लिएको छ । यो सँगै प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित बिरामीको संख्या ९४ पुगेको छ ।

हिजो राती १० बजे नै प्रतिष्ठान पुगे पनि प्रतिष्ठानले भर्ना लिन नमानेपछि संक्रमितहरु रातभर गाडीमा नै बसेका थिए ।

आज बिहान सामाजिक विकास मन्त्री जीवन घिमिरे प्रतिष्ठानमै पुगेर घटनाबारे सोधखोज गरेपछि मात्र करिब ९ बजेतिर संक्रमितहरुलाई आइसोलेसन वार्डमा भर्ना गरिएको छ । मन्त्री घिमिरे बिहान करिब ७ बजेतिर प्रतिष्ठान पुग्दा कोही पनि पदाधिकारीहरु उपस्थित थिएनन् ।फोटोः समाजिक सञ्जालबाट



प्रतिक्रिया दिनुहोस्