Logo

काइली जेनरलाई फोब्र्सले अर्बपतिको सुचीबाट हटायो



एजेन्सी, १७ जेठ । विश्व प्रसिद्व म्यागजिन फोब्र्सले कार्डाशियन टिभी स्टार काइली जेनरलाई अर्बपतिको सुचीबाट हटाएको छ । काइलीको परिवारले उनलाई अर्बपतिको सुचीमा राख्न रकमको गलत व्याख्या गरेको कारण उनलाई सुचीबाट हटाएको हो ।

काइलीले आफ्नो ट्विटमार्फत फोब्र्सलाई गलत कथन र अप्रमाणित अनुमानहरुलाई ध्यान दिएको भन्दै व्यंग्य गरेकी थिइन् । उक्त ट्विटको विवादले उनलाई सुचीबाट हट्नु परेको हो । आफै निर्मित अर्बपति भएकी कारण उनलाई फब्र्सले सन् २०१९ मा अर्बपतिको सुचीमा राखेको थियो । उनी कार्डाशियनक रियालिटि टिभी स्टार हुन् । उनले आफ्नो कसमेटिक कम्पनी समेत खोलेकी छिन् । कम्पनीको आधार मानेर आफै निर्मित अर्बपतिको उपाधी फोब्र्सले उनलाई दिएको थियो । Photo Source : Times Famous



प्रतिक्रिया दिनुहोस्