Logo

प्रचण्ड यो परिवर्तनको आदर्श हो, उहाँले रुकुम घट्नाबारे बोल्नुहुन्छ : पूर्वमन्त्री श्रीपाईली (भिडिओसहित)



काठमाडौं, १७ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वमन्त्री दलजित श्रीपाईलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल अहिलेको परिवर्तनको नायक र आदर्श व्यक्ति भएकोले रुकुम पश्चिम घट्नाबारे दाहालले आज, भोलि नै वक्तव्य निकाल्ने विश्वास व्यक्त गरेका छन् । शुक्रबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले रुकुम जनयुद्धको आदर्श र केन्द्रविन्दु भएकोले यो घट्नामा संलग्न दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने र रुकुमलाई बचाउनुपर्ने बताए । उनले पार्टीसँग पनि दुई वटा विकल्प रहेको सुनाए ।



प्रतिक्रिया दिनुहोस्