Logo

सेनापति थापा भ्रष्टाचारीविरुद्ध कठोर, जर्नेल कर्णेलमाथि समेत कारबाही



काठमाडौं, १७ जेठ । नेपाली सेनाका प्रधानसेनापति भएलगत्तै २०७५ साल असोजमा पूर्णचन्द्र थापाले पत्रकार भेटघाट राखेर बोलेका थिए । उनले दुई रथीलाई दायाँबायाँ राखेर सेनाभित्र भ्रष्टाचारविरुद्ध सुन्य सहनशीलता अपनाउने घोषणा गरेका थिए ।

सेनाभित्र फाष्ट ट्रयाक, सैनिक कल्याणकारी कोषको रकमलगायतमा भ्रष्टाचार भएको विषय चर्किइरहँदा सेनापतिले पदोन्नतिलगत्तै बोलेका थिए । अहिले कमाण्ड सम्हालेको ठिक दुई वर्ष पुरा हुनलाग्दा सेनापति थापा आक्रामक रुपमा प्रस्तुत भएका छन् । उनले सेनाभित्रका भ्रष्टाचार गर्नेहरुलाई प्रक्रिया पुर्याएर कारबाही गर्न थालेका छन् ।

१६ जेठमा समरी जनरल सैनिक अदालतबाट अवकाशप्राप्त पाइलट उपरथीलाई नसिहत र रकम असुलको फैला भएको छ । सैनिक हवाई महानिर्देशनालयका तत्कालिन महानिर्देशक पाइलट उपरथी सुधिर श्रेष्ठसहितलाई कारबाही गरिएको नेपाली सेनाले जनाएको छ । १९ जनामाथि छानबिन हुँदा श्रेष्ठले ५८ लाख ९५ हजार भ्रष्टाचार गरेकाले असुल उपर गर्ने फैसला गरिएको छ । अन्य ९ जनालाई सचेत गराइएको र ९ जनाले सफाई पाउने फैसला भएको छ ।

९ जेठमा भ्रष्टाचारमा दोषी ठहरिएपछि तीन सैनिक अधिकृतसहित पाँचजना कारबाहीमा परेका थिए । सैनिक अदाललते श्री सैनिक आवासिय महाविद्यालय, भक्तपुरमा कार्यरत रहंदा सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको अभियोगमा दोषी ठहरिएका उनीहरुलाई सेवाबाट हटाउने देखि कैद र जरिवानासम्मको कारबाही गरिएको नेपाली सेनाले जनाएको थियो ।

छ सहायक रथीको अध्यक्षतामा गठित कोर्ट अफ इन्क्वायरी बोर्डको मिति गत वर्षको २३ फागुनको राय सहितको प्रतिबेदनको आधारमा तत्कालिन सम्पर्क अधिकृत महासेनानी भुपालमान अधिकारी सहित १८ जनाको मुद्दा पुर्पक्षमा पाँचजनामाथि कारबाही भएको थियो ।

महा सेनानी भुपालमान अधिकारीले श्री सैनिक आवासिय महाविद्यालय, भक्तपुरमा सम्पर्क अधिकृत रहेको अवधिमा आर्थिक अनियमितता गरी गराई कसुरमा दोषी ठहरीएको सेनाले जनाएको थियो। उनलाई २ महिना कैद गर्ने र भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरीने गरी सेवाबाट हटाउने निर्णय भएको छ। उनले गैर कानुनी रुपमा आर्जन गरेको एक करोड पचासी लाख चालीहजार एकसय आठ रुपैया एघार पैसा असुल उपर गर्ने निर्णय समेत गरिएको थियो ।

प्रमुख सेनानी देव बहादुर क्षेत्रीलाई दुई वर्ष बढुवा रोक्का गर्ने र ४ लाख ४० हजार असुल उपर गर्ने सजाय सुनाइएको थियो । हुद्धा यज्ञराज पोखरेललाई सेवाबाट हटाउने र तीन लाख साठी हजार असुल उपर गर्ने फैसला गरेको थियो । यसैगरी हुद्धा गणेश बहादुर अधिकारीलाई दुई बर्ष तलव वृद्धी रोक्का गर्ने र दश हजार असुल उपर गर्ने फैसला भएको थियो ।

लेखा सह सेनानी सुरेन्द्र विक्रम भण्डारीले आर्थिक कार्यहरु गर्दा कानूनी प्रकृया अवलम्वन नगरी नगराई दोषी ठहरिएकाले नसियत दिने फैसला भएको थियो ।

सोही मुद्धामा अन्य १३ जनाले अभियोग मागदावीबाट सफाई पाउने गरी ठहर फैसला भएको जनाइएको थियो ।

८ जेठमा सेनाले एक जर्नेल र कर्णेललाई सैनिक हिरासतमा राखेको छ । सैनिक कल्याणकारी निर्देशनालयका प्रमुख सहायक रथी प्रयोगजंग राणा र सोही निर्देशनालयका महासेनानी नविन सिलवाललाई हिरासतमा राखेर छानविन चलाएको हो ।

राणा र सिलवालले दुई वर्ष अघि वीरेन्द्र शान्ति तालिम केन्द्र काभ्रेको पाँचखालमा रहँदा अनियमितता गरेको अभियोग छ । त्यतिबेला महासेनानी रहेका राणा तालिम केन्द्रका प्रमुख थि । सिलवाल उनी मातहतमा कार्यरत थिए । छानविनमा १२ जना सैनिक अधिकृतसँग पनि बयान लिइएको छ । प्रयोगजंग राणा साँढे छ फिट उचाई भएका अधिकृत हुन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्