Logo

सिमा विवादबारे अलजजिराले लेख्यो–नेपालको कम्युनिष्ट सरकारको चीनतर्फ झुकाव



केहि हप्ता अगाडी देखि भारत र चीनबीचको सीमा विवादले गति लिइरहँदा नेपाल र भारती सीमा विवाद पनि तातीइरहेको छ । भारत भने दुवै तीरबाट विवादित देखिएको छ । मे ८ मा भारतको राजधानी दिल्लीले मानसरोवर सम्मको लिङक रोडको उदघाटन गरेपछि नेपालमा सीमा विवादले गति लिएको थियो । महामारीबीच सीमा विवादले जनमानसमा आक्रोश उजागर भएको थियो। नेपाली जनताको दबावमा नेपालले कालापानी, लिम्पीयाधुरा र लिपुलेक समेटेर नयाँ नक्सा जारी गर्यो ।

नेपालद्वारा जारी नयाँ नक्सा भारतीय भुभाग समेटेर नक्सा जारी गरेको भन्दै भारतले खेद प्रकट गर्यो । सन् २०१९ मा भारतले जारी गरेको आफ्नो नक्सामा कालापानी आफ्नो भुभागमा राखेकोले भारतले आफ्नो क्षेत्र रहेको दाबी गर्दै आएको छ । नेपाल र भारतबीचको सीमा विवादले सम्बन्धमा दरार पैदा भएको छ । नेपालले जारी गरेको नक्सा प्रति भारतीय सेना प्रमुख एम एम नरवाणेले चीनको आडमा नेपाले नयाँ नक्सा जारी गरेको भन्दै आरोप लगाएका थिए । उक्त विवादास्पद बयानले भारत र नेपालबीचको माहोल तातिएको छ ।

नेपालका तर्फबाट प्रधानमन्त्री ओलीले भारतलाई सत्यमेव जयते की सिंहमेव जयते रहेको भन्दै प्रश्न उठाएका थिए । उनले भारतबाट आएको भाइरस कडा रहेको समेत टिप्पणी गरेको थिए । ओलीको राष्ट्रवादी पहिचानका कारण उनी लोकप्रिय छन् । उनी आफ्नो क्षेत्रलाई छिमेकी मुलुकले मिच्न नपाउने अडान लिएका छन् ।नेपाल र भारत बीचको सम्बन्ध खराब दिशाामा गएको विज्ञहरुको भनाइ रहेको छ । विवादले दिर्घकालिन रुपमा दूई देशबीचको सम्बन्धमा असर पार्न सक्ने जनाइएको छ । सन् १८१६ को सुगौली सन्धीले कालापानी पूर्वी क्षेत्र आफ्नो रहेको दाबी गरिरहेको छ । नेपालसंग जग्गा दर्ताको प्रमाण रहेको समेत दाबी गरेको छ ।

एक अर्काको अडानले दूवै देशबीच गर्माहट पैदा गरेको छ । अडानले कुटनितिक तहबाट समेत वार्तामा असर पुर्याउन सक्ने छ । नेपालले वार्ता गर्न भारतको भरोसा पुनः जिते मात्र हुने बीबीसी हिन्दीमा उल्लेख गरिएको थियो । विवाद सल्झनुको साटो झन् पेचिलो बन्दै गएको विज्ञहरु बताउँछन् । अतिक्रमित सीमा क्षेत्रमा भारतीय सेनालाई हटाउने निकै गाह्रो परेका देखिन्छ । नेपालले भारतको सिमा क्षेत्रमा सुरक्षा प्रदान गर्न सके भारतले आफ्नो सुरक्षा बललाई हटाउन सक्ने व्यवस्था समेत रहेको जनाइएको छ । नेपालमा स्थातिप दूई तिहाईको नेपाल कम्युनिष्ट पार्टीको सरकार चीन ृम्द्दे तर्फ झुकाव रा भएको देखिन्छ । विगत केहि समय देखि चीन सिग लगानीको आपेक्षा र बेटर कनेक्टिभीटीको प्रयोग गरिरहेको कारण भारत र नेपालको सम्बन्ध समेत बिग्रिएको जनाइएको छ ।

भारत र नेपालबीचको सीमा विवाद सुल्झउन कडिन नरहेको विज्ञशरु बताउछन् । दुर्व देशले एक अर्काको पक्ष सुनी अमझदारी देखाउने सक्छन् । उक्त क्षेत्रमा दूवै देशले कामको गतिविधिलाई तीव्र पार्दै एक अर्काको सहायता गरेमा सम्बन्धमा मिठास आउने जनाइएको छ । नेपालेको तर्फबाट कुनै नेपाली नेतामा उक्त विवादबारे छलफल गर्नेे क्षमता नरहेको कारण भारत भन्दा बढी नेपाली पक्षलाई सीमा विवाद समाधान गर्न कठिन देखिएको छ । तर, शुक्रबार भारतको तर्फबाट रचनात्मक । सकारात्मक सन्देशले नेपाललाई केही आशा पलाइको छ । भारतले उक्त समिा विवादलाई गम्भीरता पूर्वक देखेको स्पष्ट पारेको छ ।



प्रतिक्रिया दिनुहोस्