Logo

छैन सगरमाथा पनि नेपालमा ! सरकार के हो ?



भरत पुरीः
अन्तत्वगत्वा,
कोरोनाले खाता नै खोल्यो मृत्यूदरमा
लकडाउनले भयभीत छन् जनता
राहतविना आहत छन् सबै
बेरोजगारीले थलै थला परेका

रोग, भोक र शोकले पलपल आक्रान्त
वनको हैन मनको बाघले त्रषित
अस्तब्यस्त भो जीवन !!
मर्ने बॉंच्ने छैन ठेगान !!

हे ईश्वर! हे दैव !
रेमीट्यान्स पनि सुक्यो रे ! मृतप्राय !
सीमा मिच्यो, बाटो खन्यो लौन के भो!
छैन सगरमाथा पनि नेपालमा ! सरकार के हो ?

अरू नै केही या गूगलको भूल यो?

(पुरी हाल न्युयोर्कमा छन्)



प्रतिक्रिया दिनुहोस्