Logo

सुनको भाउ २३ सय ३२ रुपैयाँले बढ्यो



काठमाडौं, १७ जेठ । सुनको मूल्य प्रतितोला २ हजार तीन सय ३२ रुपैयाँले बढेको छ । आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट घोषणासँगै सुनको मूल्य बढेको हो । यसअघि प्रति १० ग्राम सुनमा ६ हजार पाँच सय रुपैयँले लाग्दै आएको भन्सार महशुल बजेटपछि सरकारले दुई हजार रुपैयाँले बढाएर ८ हजार पाँच सय रुपैयाँ पुर्याएको छ । आज (शनिबार) सुनको मूल्य छापवाल सुन प्रतितोला ७६ हजार ९ सय ९९ रुपैयाँ छ । र, तेजाबी सुनको प्रति तोला ७६ हजार ७ सय २ रुपैयाँ छ । File Photo



प्रतिक्रिया दिनुहोस्