Logo

मोदीको टक्कर दिन छ सालपछि पनि किन मुश्किल



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो दोस्रो कार्यकालको पहिलो वर्षमा समाप्त गरेका छन् । उनले ३० मे को आफ्नो दोस्रो कार्यकालको पहिलो वर्ष पुरा गर्न सफल भएका हुन् । छ वर्ष पूरा हुँदा समेत उनको अगाडी विपक्ष भने निकै छोटो भएको मुहसुस गरिएकोे छ ।

उनलाई हराउन विपक्षलाई हम्मे हम्मे परिरहेको छ । विपक्षमा रहेको शिर्ष नेताहरुले समेत मोदी जस्तो पहिचान कमाउन सकेको छैन् । दोस्रो कार्यकालमा बिजेपीको हातबाट महाराष्ट्र र झारखण्ड राज्य गुमेको छ । यसलाई विपक्षीले ठूलो कामयाबी हासिल भएको बुझेका छन् । प्रमुख विपक्षी कांग्रेस आईका नेता राहुल गांधी समेत मादीलाई चुनौती दिन कुनै कसर छोडेका छैनन् । बारम्बार उनले मोदीमाथि राजनितीक, आर्थिक र सामाजीक आरोप लगाएता पनि उनको सुनवाई भारतीय जनताले गरेको छैन् ।

मोदी भारतका लोकप्रिय नेता बन्न सफल भएको देखिन्छन् । उनले सन् २०१४ मा भारतीय जनता माझ अच्छे दिनको नाराले प्रख्यात भएका थिए । सन् २०२० मा उनले जनतालाई आत्म निर्भर बनाउने प्रण लिएका छन् । उनी सदैव ठूला फैसलाहरु लिन माहिर रहेको जनाइएको छ । मोदीले भारतीय राजनीतीको अवस्था नै बदलेको देखिन्छ । राष्ट्र देखि अन्तराष्ट्रिय स्तरसम्म आफ्नो लोकप्रियताको छाप छोड्न सफल भएका छन् । दोस्रो कार्यकालको प्रारम्भीक चरणमै कश्मीर मुद्दालाई भारत अधिनस्त बनाई विश्व जगतमा आफ्नो कामको नाम कमाउन सफल भएका हुन् । उनले राम मन्दिर विवाद र धारा ३५ क जस्ता विगत देखि चलिआएको मुद्दा हल गर्न सफल भएका छन् । मोदीले आतंवादीको सफाया गर्न प्रोविसन एक्टको निर्माण समेत गरेको जनाइएको छ । उनको आतंकवाद विरुद्वको कदम निकै सराहनिय रहेको बुझिएको छ ।

अयोध्या विवादमा सुप्रिम कोर्टद्वारा जारी फैसलालाई मुस्लिम समुदायले समेत स्विकार गरेको छ । उनले नागरिकता कानून विधेयक र सिएए जस्ता विवादीत कानूनलाई पारित गर्ने निर्णय समेत गरेका छन् । सिएए अनुसार पाकिस्तान, बांगलादेश र अफगानिस्तानमा रहने गैर मुस्लिम अल्पसंख्यकलाई नागरिकता दिने प्रावधान रहेको छ । यस विषयलाई लिएर थूप्रै नाराबाजी, हिंसा भारतमा भएको थियो । उक्त कदमले देशव्यापी मुद्दा बन्न पुगेको थियो । उक्त दंगा दिल्ली संप्रादायक मुद्दामा रुपान्तरण भएको थियो । थूप्रै हिन्दू र मुश्लिमहरु यस प्रदर्शनमा मारिए । तर, उक्त व्यवस्थाले उत्पीडित वर्गलाई ठूूलो राहत पुग्ने गरी मोदीले काम गरेको सराशनिय रहेको जनाइएको छ ।

मोदी सरकारले धेरै आलोचनाहरु सहनु परेको थियो । तर, मोदी भने आफ्नो अडान लिएका थिए । यसकारण बिजेपीलाई झारखण्ड राज्यमा हारको सामना गर्नुपरेका थियो । ३० वर्ष पूरानो बिजेपी र शिव सेनाको गठबन्धन टुटेको छ । उनले आफ्नो कार्यकालमा ठूला ठूला आर्थिक फैसलाहरु समेत लिएका छन् । उनले ठूला बैंकहरुलाई सरकारी बैकंसित मर्ज गरे । यसकारण भारतले ठूलो मन्दीको सामना गर्नु परेको थियो । मोदीले यस वर्षको बजेटमा समेत कुनै खासै परिवर्तन नल्याएको विज्ञहरु बताउँछन् । मध्यम वर्ग समेतलाई कुनै फाइदा नपुगेको उल्लेख छ ।

सन् २०२० को सुरुवात देखि विश्वव्षपी रुपमा फैलिएको महामारका कारण भारत लगायत सम्पूर्ण देशहरु लकडाउनको अवस्थामा रहेको छ । यसले भारतलाई ठूलो मात्रामा क्षति पुर्याएको छ । अर्थ व्यवस्था समेत खस्किएको देखिन्छ । दिन प्रतिदिन भारतमा फैलिरहेको कोरोना सं्रक्रमितको संख्याले भयावह अवस्था सिर्जना गरेको छ । महामरी प्रति मोदी सरकारले चालेको कदम सुधार उम्मुख रहेको छ । जारी लकडाउनले मजदूर वर्गका मानिसहरुलाई अत्यधिक मात्रामा हानी पुगेको छ । लामो यात्रा तय गरी आफ्नो घर फर्किरहेका छन् । यस सम्पूर्ण समस्यालाई मध्येनजर राखी भारत सरकारले २० लाख करोडको प्याकेजको व्यवस्था गरेको छ । उनले ठोस र उपयुक्त कदमहरु महामारीमा चालिरहेका छन् ।– भारतका वरिष्ठ पत्रकार शेखर अय्यरले बीबीसी हिन्दीमा गरेको विश्लेषणको भावानुवाद



प्रतिक्रिया दिनुहोस्