Logo

मन्त्रिपरिषद बैठक : संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्ने



काठमाडौं, १७ जेठ । सरकारले कोरोना भाइरसको संक्रमण फैलिएको आवश्यक ठाउँ हेरेर सेना परिचालन गर्ने निर्णय गरेको छ । आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको छ । मन्त्रिपरिषद बैठक बस्नुअघि सुरक्षा परिषदको बैठक बसेको थियो । सोही बैठकमा सेना परिचालनबारे निर्णय लिईएको थियो ।

सरकारले यही जेठ २० गते कायम रहेको लकडाउनलाई लम्ब्याएर जेठ ३२ गतेसम्म कायम गरेको छ भने आन्तरिक तथा बाहृय दुवै विमानस्थल आगामाी असार १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको एक मन्त्रीले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot