Logo

संविधान संशोधनको पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय



काठमाडौं, १७ जेठ । आज अपरान्ह बसेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सम्पन्न भएको छ । आजको बैठकले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको केन्द्रीय सदस्य गगन कुमार थापाले जानकारी दिएका छन् । उनले बैठकको निर्णयबारे जानकारी दिँदै सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्,’ल बैठक सकियो।परिवर्तित नक्सालाई संविधानको अंग बनाउने प्रस्तावको पक्षमा मतदान गर्न संसदिय दललाई निर्देशन ।’

 



प्रतिक्रिया दिनुहोस्