Logo

अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई सहयोग रोके के होला



एजेन्सी, १७ जेठ । अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँगको सम्बन्ध तोडेको घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओलाई चीनको कठपुतली आरोप लगाउँदै सम्बन्ध तोडेको घोषणा गरेका हुन् ।

यसअघि ट्रम्पले कोरोना भाइरसको चुनौतीमा ३० दिनभित्र निर्णय दिन डब्लुएचओलाई भनेका थिए । त्यो समय नसकिदै उनले घोषणाले विश्वभर स्वास्थ्य क्षेत्रमा असर पर्ने देखिएको छ ।

डब्लुएचओको खर्चमध्ये अधिकांश अमेरिकाले दिने गर्छ । सर्वाधिक १५ प्रतिशत रकम अमेरिकाले कोषमा दाखिला गर्छ । त्यसपछि बिल एन्ड मिलिन्डा गेट्सले ९.८ प्रतिशत दिने गरेको छ ।

कुल सहयोगमध्ये ७९ प्रतिशत खर्च २० मुलुकले धानिदिन्छन् । अमेरिकाले सहयोग रोकेमा अब कोरोना भाइरसलगायत अन्य रोगको औषधी र खोप पत्ता लगाउन भएका गतिविधिमा गति कम हुनेछ । स्वास्थ्य क्षेत्रमा कम विकसित देशहरुले पाउने गरेको सहयोग घट्न सक्छ । गरिब देशहरुले अनुदानमा पाउने गरेको भ्याक्सिन नपाउन सक्छन् ।



प्रतिक्रिया दिनुहोस्