Logo

कोरोना संक्रमणबाट मृत्यु भएका ७ जना को को (विवरणसहित)



काठमाडौं, १७ जेठ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश सरकारले आज थप एकजना मृतकको कोरोना भाइरसको संक्रमण मृत्यु भएको पुष्टि गरेको हो ।

१७ जेठमा मृत्यु भएका दैलेख दुल्लु नगरपालिका घर भएका ३५ वर्षीय पुरुषको कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको हो । दुल्लुस्थित पटांगिनी बजारको क्वारेन्टाइनमा रहेका उनी एक्कासी ढलेको र केही समयपछि मृत्यु भएपछि परीक्षणका लागि जुम्लामा स्वाब परीक्षणका लागि लगिदा संक्रमण पुष्टि भएको कर्णालीका जनस्वास्थ्य प्रमुख नवराज कँडेलले जानकारी दिएका छन् ।

यसअघि विभिन्न छ जिल्लाका छ जनाको संक्रमणबाट मृत्यु भइसककेको छ । आजसहित मृत्यु हुने संख्या ६ पुरुष र एक महिला छन् ।

कोरोना संक्रमणबाट मृत्यु भएकाको विवरण

१. सिन्धुपाल्चोक राम्चेकी २९ वर्षीया महिला । उनी १० दिनको सुत्केरी थिइन् । २ जेठमा निधन भई ३ जेठमा कोभिड १९ को संक्रमण पत्ता लागेको
२. बाँकेको नरैनापुरका २५ वर्षीय युवक । ३० वैशाखमा भारतबाट फर्किएका । ४ जेठमा मृत्यु भएपछि परीक्षणबाट संक्रमण पत्ता लागेको ।
३. गुल्मीका ४१ वर्षीय शिक्षक । ५ जेठमा रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना भएका । जन्डिस समेत भएका उनको ८ जेठको विहान निधन भएको ।
४. बाराका ७० वर्षीय वृद्ध । क्षयरोग र स्वास प्रश्वासको समस्याका कारण २ जेठमा अस्पताल भर्ना भई ४ जेठमा मृत्यु भई १२ जेठमा संक्रमण पुष्टि भएको ।
५. ललितपुर बुङमतीका ५६ वर्षीय पुरुष, १२ जेठमा किष्ट अस्पताल भर्ना भई १४ जेठमा मृत्यु भएको छ । १५ जेठमा संक्रमण पुष्टि
६. अर्घाखाँचीको भुमिका स्थान घर भएका ३५ वर्षीय पुरुष, भारतबाट फर्किदा १० जेठमा बाटोमै मृत्यु भई परीक्षणबाट कोरोना संक्रमण पुष्टि, १६ जेठमा संक्रमण पुष्टि
७. दैलेखको दुल्लु नगरपालिका खागितडाका ३५ वर्षीय पुरुष। पटांगिनी बजार दुल्लुको क्वारेन्टाइनमा ढलेर बेहास भई केही समयमा मृत्यु । स्वाब परीक्षणका क्रममा १७ जेठमा कोरोना संक्रमण पुष्टि



प्रतिक्रिया दिनुहोस्