Logo

भारतमा लकडाउन भोलिबाट खुल्ने



एजेन्सी, १८ जेठ । भारतमा सोमबारबाट लकडाउन खुल्ने भएको छ । भारतको गृह मन्त्रालयले अनलक नाम दिएर सोमबारबाट तीन चरणमा लकडाउन खुल्ने निर्णय लिएको हो ।

अनलक १ अबको १ देखि ३० जुनसम्म हुनेछ । जसमा रातको कफर्यु कायमै रहनेछ । कफर्यु समय साँझ ७ देखि विहान ७ बजेको ठाउँमा अब साँझ ९ देखि विहान ५ बजेसम्म मात्र रहनेछ ।

पहिलो चरणमा ८ जुनबाट धार्मिक स्थलहरु खुल्नेछन् । मन्दिर, मस्जिद र चर्चहरु खुल्ने भएका हुन् । होटल, रेष्टुरेन्ट, सेवाका क्षेत्र, सपिङ मलहरु खोल्ने अनुमति दिइनेछ ।

दोस्रो चरणमा स्कुल, कलेज, शैक्षिक संस्थाहरु खुल्नेछन् । यसमा राज्य सरकारहरुसँग परामर्श गरी गरिने जनाइएको छ । कतिपय राज्यहरुमा १३ जुनबाट विद्यालय खुल्ने भनिएको छ । जुलाईमा भने सबै राज्यहरुमा विद्यालय खुल्ने निर्णय लिइने भएको छ ।

तेस्रो चरणमा अन्तर्राष्ट्रिय हवाई यात्रा, मेट्रो रेल, सिनेमा हल, पौडी पोखरी, मनोरञ्जन पार्क, थिएटर, बार, एसेम्ब्ली हल खोल्न दिइनेछ । यसका लागि निश्चित नियम बनाइनेछ ।

भारतमा लकडाउन खुलेको अवस्थामा नेपालमा के होला भन्ने चासो बढेको छ । सरकारले लकडाउन खुकुलो बनाउने भनेपनि जेठ महिनाभर लम्ब्याउने भइसकेको छ ।-File Photo: Agency



प्रतिक्रिया दिनुहोस्