Logo

उदयपुर सिमेन्ट उद्योग सञ्चालन



काठमाडौँ, १८ जेठ । कोरोना विषाणुविरुद्ध लड्न घोषणा भएको बन्दाबन्दीसँगै बन्द भएको उदयपुर सिमेन्ट उद्योग शुक्रबारबाट सञ्चालन भएको छ ।

दैनिक १२ हजार बोरा उच्च गुणस्तरको सिमेन्ट उत्पादन गर्दै आएको उद्योग दुई महिना पाँच दिनको बन्दपछि सञ्चालन भएको हो । एक दिन मात्र उद्योग सञ्चालन नहुँदा पनि ९६ लाख ४१ हजार १६० रुपियाँ घाटा हुने उद्योगले जनाएको छ । यसअनुसार बन्दाबन्दीमा भएको ६५ दिन लामो बन्दबाट ६२ करोड ६६ लाख ७५ हजार चार सय रुपियाँ घाटा भएको उद्योगका निमित्त महाप्रबन्धक नवलकिशोर साहले बताएका छन् ।

तथापि स्थानीय बजारमा सिमेन्टको अभाव हुन नदिन बन्दाबन्दीको समयमा पनि उद्योगको भण्डारबाट आठ करोड ३४ लाख रुपियाँ बराबरको एक लाख बोरा सिमेन्ट बिक्री गरिएको उद्योगका बिक्री विभाग प्रमुख रामबहादुर जिसीले बताएका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्