Logo

कर्णाली प्रदेशमा थप ५९ जना कोरोना संक्रमित



काठमाडौँ १८ जेठ : कर्णाली प्रदेशमा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सल्यान, कालिकोट, दैलेख र सुर्खेतमा गरी ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दैलेखका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कालिकोटका १७ जना र बाजुराका एकजना रहेका छन्।

प्रदेश अस्पताल सुर्खेतमा पीसीआर परीक्षण गर्दा सल्यानका २६ जना र सुर्खेतका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

थप संक्रमण देखिएका ५९ जनामध्ये एक जना ४ वर्षीय बालिका समेत छिन्। बाँकी ५८ जना भने सबै पुरुष रहेको मन्त्रालयले जनाएको छ।

योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १०५ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।मेरोलागानी File photo



प्रतिक्रिया दिनुहोस्