Logo

लकडाउन अवधिभर शेयर बजार बन्द गर्न बोर्डको निर्देशन



काठमाडौँ १८ जेठ : लकडाउनको अवधि बढेसँगै शेयर बजार थप बन्द हुने भएको छ। नेपाल धितोपत्र बोर्डले घरी घरी निर्देशन दिनु नपर्ने गरी पछिल्लो समय निर्देशन दिएकाले लकडाउन अवधिभरि शेयर बजार बन्द हुने भएको हो।

पूँजी बजारको नियामक निकाय बोर्डले लकडाउन अवधि भर शेयर बजार बन्द गर्न भन्दै निर्देशन दिएको हो। सोही निर्देशनको आधारमा नेपाल स्टक एक्सचेन्जले लकडाउन अवधिभरि बन्द गर्ने जनाएको छ। सरकारले लकडाउन अवधि बढाएर जेठ ३२ गतेसम्म पुर्याएको छ।

विश्व शेयर बजार खुलै रहेको भए पनि लगानीकर्ताको माग बमोजिम धितोपत्र बोर्डले शेयर बजार बन्द गरेको हो। उसले पछिल्लो समय कारोबार खोल्दा लगानीकर्ताको उल्लेख्य उपस्थिति नभएपछि बन्दलाई निरन्तरता दिएको थियो। जबसम्म पुरै लकडाउन खुल्दैन तबसम्म बजार बन्द नै गर्नुपर्ने लगानीकर्ता माग छ। सोही बमोजिम सरकारले पूर्ण रूपमा लकडाउन नखोलेसम्म शेयर बजार बन्द गरिने भएको हो।

शेयर बजार बन्द गर्दा लगानीकर्तालाई कुनै समस्या नभएको सङ्गठित लगानीकर्ताले बताउँदै आएका छन्। बन्दको अवधिमा बजार खोले बरु समस्या थपिने हुने उनीहरूको तर्क छ। विश्व बजारको प्रिन्सिपलमा बजार चल्नु पर्ने भए पनि नेपाली लगानीकर्ता प्रविधि मैत्री नभएको, लगानीकर्ता कारोबारमा अभ्यस्त नभएको, हिँडडुल गर्न अप्ठ्यारो हुने भएकोले बजार बन्दै गर्नुपर्ने उनीहरूले बताउने गरेका छन्।

शेयर कारोबार गर्न सरकारले सहजीकरण नगरेको, ब्रोकर कम्पनीलाई पर्याप्तf सुविधा नदिएको, पास उपलब्ध नगराएको, लगानीकर्तालाई समेत सरकारले पास नदिएको लगानीकर्ताको आरोप छ। सबै लगानीकर्तालाई सरकारले पास उपलब्ध गराउनु पर्ने उनीहरूको माग छ।

पछिल्लो समय धितोपत्र बोर्डले दिएका निर्देशन समेत तत्कालका कार्यान्वयन नहुने भएकोले त्यसलाई समेत उनीहरूले कार्यान्वयन लान नहुने माग राखेको छन्। बोर्डले शेयर बिक्री भएपछि लगानीकर्ताको खातामै पैसा पठाइदिनु पर्ने निर्देशन दिएको थियो। उसले डिम्याट नवीकरणलाई पछि भुक्तानी गरिदिने व्यवस्था गरेको थियो। खाता खोल्दा निःशुल्क गरिदिएको थियो। कनेक्ट आइपिएसलाई प्राथमिकतामा राखेको थियो। जुन यतिबेला कार्यान्वयन गर्न नहुने माग लगानीकर्ताले गरेका छन्। निश्चित कम्पनीको शेयर त्यही कम्पनीले किन्न पाउनु पर्ने समेत लगानीकर्ताको माग छ। यसले बजारलाई चलायमान बनाउने उनीहरूको भनाई छ।मेरोलागानी File photo



प्रतिक्रिया दिनुहोस्