Logo

भारतमा रेस्टुरेन्ट, होटल र मल खुल्ने



१८ जेठ । भारतले लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ । कोरोना संक्रमण तिव्र भइरहेकै बेला भारतले लकडाउन खुकुलो बनाउने निर्णय गरेको हो। तीन चरणमा गरेर भारतले लकडाउन खोल्ने निर्णय गरेको छ ।

पहिलो चरणमा ८ जुन देखि होटल, रेस्टुरेन्ट तथा सपिङ मल खोल्ने निर्णय गरेको छ । त्यस्तै मन्दिर, मस्जिद तथा चर्चहरु पनि खुल्नेछ । तर, स्वास्थ्य सुरक्षासम्बन्धि मापदण्ड पालना गर्नुपर्ने छ ।

त्यस्तै दोस्रो चरणमा स्कुल तथा कलेज खुल्ने छन् । त्यसको मिति तय गरिएको छैन । तेस्रो चरणमा सार्वजनिक यातायात, फिल्म हल लगायत सुचारु गर्न लागिएको छ ।

भारतमा संक्रमण अझै केही समय बढ्ने देखिएको छ । केही महिना अझै नियन्त्रण नहुने र त्यो बेलासम्म पूर्ण लकडाउन गर्दा भोकमरीले नै धेरै मर्ने अवस्था आउने भएपछि खुकुलो गर्न लागिएको हो ।नेपालमा पनि २० जेठपछि थप केही व्यवसायहरु खोल्न दिने तयारी छ ।



प्रतिक्रिया दिनुहोस्