Logo

राजेन्द्र महतोको आरोप : बजेट सत्तारुढ दलको स्वार्थसिद्ध गर्न केन्द्रित



काठमाडौं, १८ जेठ । राजपाका सांसद राजेन्द्र महतोले सरकारले आगामी आवका लागि ल्याएको बजेट आम जनताको पक्षमा नभएको र सत्तारुढ दलको स्वार्थसिद्ध गर्न मात्रै केन्द्रित भएको गम्भिर आरोप लगाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै महतोले यस्तो बताएका हुन् ।

उनले कोरोनाका कारण समस्यामा परेका नागरिकलाई राहत दिन बजेटले कुनै सम्बोधन नगरेको, गरिब तथा गरिखाने वर्गको पक्षमा कार्यक्रम नआएकोमा रोष प्रकट गरे । महतोले मुलुक सङ्घीयतामा गएको भन्ने तथ्यसमेत सरकारले बिर्सेको र स्रोत तथा साधनको वितरणमा समेत विभेद गरिएको गुनासो पोखे । तस्विर : संघीय संसद सचिवालय



प्रतिक्रिया दिनुहोस्