Logo

राजेश हमालले भने–समुदायबीच जातिय द्वन्द्व हुनु दुखद



काठमाडौ, १८ जेठ । महानायक राजेश हमालले हरेक नेपालीबीचमा भाइचाराको सम्बन्ध हुनु पर्ने बताएका छन् । उनले जाजजरकोटको घटनालाई लिएर नेपालीहरुमा एकता हुनुपर्नेमा झन् समुदाय–समुदायबीचमा जातिएको फाटो आएकोमा दुख व्यक्त गरे । राजेश हमालले पुर्खाहरुले बनाएको जातियताको जरोलाई उखेल्न सकैनो भने पछि सम्म पनि यसको असर भोग्नुपर्ने बताए ।

जातियता द्वन्द्वले कसैकोपनि हित नगर्ने भन्दै उनले यस्ता समस्याले राजनितिमा असर गर्ने चेतावनी दिए । उनले यसले राष्ट्रका शिक्षा, स्वास्थ्य लगायत विकासका कामलाई नै ओझेलमा पार्ने उनको भनाई थियो । सामाजिक सञ्जालमा सक्रिय राजेशले आज आफ्नो अभिव्यक्तिसहितको भिडियो फेसबुकमार्फत सार्वजनिक गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्