Logo

नावमा बसेर तर्दै पढ्न वाध्य बच्चाहरु



विश्वभर बाढीको कारण प्रतिवर्ष लाखौ मानिसहरु विस्थापित हुने गर्छन् । यो सँगै हजारौ बच्चाहरुको शिक्षा पुरा हुन पाउदैन । त्यस्तै बंगलादेशमा बाढीको कारण हरेक वर्ष लगभग १० प्रतिशत बालबालिकाहरु प्राइमेरी स्तरको पढाई छाड्न वाध्य हुने गरेका छन् ।

बाढीले स्कुल बगाएपछि आर्किटेक्ट मोहम्मद रिजवानले वाढी प्रभावित बालबालिकाको लागि पानीमा तैरने स्कुलको नयाँ विकल्प ल्याएका छन् । रिजवानको पढाईमा पनि बाढीले निकै असर गरेको उनले बताएका छन् । यीनले नौकाए नदीको किनारको एक स्थानमा लंगर राखेर त्यहाँको वरिपरि रहेका बालबालिकाहरुलाई जम्मा पारेर पढाउने गर्छन् । यो पानीमा तैरने स्कुलबाट करीब २ हजार भन्दा धेरैले प्राइमरी शिक्षा लिइसकेका छन् । यसमा कम्प्युटर, इन्टरनेट र लाइब्रेरीको पनि सुविधा छ भने बच्चाहरु खेल्ने उफ्रने जस्ता मैदान पनि छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्