Logo

भालुले बचाइदियो कागको ज्यान (भिडियोसहित)



जीवन पाउन र जान कहाँ सहज छ र ? बाँच्नु छ भने कसै गरे पनि ज्यान जाँदैन । यसलाई प्रमाणित गर्ने एउटा भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । यो भिडियोमा भालु देवदुत बनेर कागको उद्धार गरिरहेको छ ।

यो भिडियोमा काग पानीको तालमा खस्छ र डुब्न लागेको समयमा भालले धेरै कोशिश पछि कागलाई बाहिर निकाल्न सफल हुन्छ । यसरी पानीमा डुब्न लागेको कागलाई भालुले उद्धार गरेको दृश्यले जो कोहिलाई पनि निकै भावुक बनाउछ । यो भिडियो सुशान्त नन्दाले सामाजिक सञ्जालमा शेयर गरेका हुन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्