Logo

केकी अधिकारी युट्बमा स्थापित हुँदै



काठमाडौ, जेठ १८ । नायिका केकी अधिकारी बठ्याई गरेकी छिन् । फिल्म उद्दोग लकडाउनले डामाडोल भएपछि उनले उपाय रचेकी छिन् ।पछिल्लो समय युट्युबमा व्यस्त हुनथालेकी छिन् । अन्तवार्ता लिने र भिडियो बनाएर युट्युबमा राख्नमा व्यस्त छिन् । यसबाट आम्दानीको स्रोत समेत व्यवस्था गरेकी छिन् ।

लकडाउनले सम्पुर्ण कलाकार फुर्सदमा बसेका बेला केकी भने व्यवसायतीर लम्किएकी हुन् । एम.बि.ए को अध्ययन सकेकी केकीले चलचित्र भन्दा व्यवसायमा नै भविष्य देख्न थालेकी छिन् । नायिकाद्वय रिमा विश्वकर्मा र केकी अधिकारीले नेपालको पहिलो ‘कमेडी च्याम्पिएन शो’ को सफलता पुर्वक संचालन र सम्पन्न गरेका थिए । सामाजिक सञ्जालमा व्यस्त केकीले आज युट्युबमा बाल्यकाललाई स्मरणीय बनाउन भिडियो बनाएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्