Logo

असारबाट सबै विद्यालयको पठनपाठन शुरु हुने, शुरुमा अनलाइन तथा दुरशिक्षा (विज्ञप्तिसहित)



काठमाडौं, १८ जेठ । अब विद्यालय तहको पढाई सुचारु हुने भएको छ । १ असारबाट सरकारले पठनपाठन शुरु गर्न आव्हान गरेको हो ।

आज शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पठनपाठन सुचारु गर्न आव्हान गरेका हुन् । शिक्षा मन्त्रालयबाट हालै वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने सम्बन्धी निर्देशिका २०७७ जारी गरिएको उल्लेख गर्दै सो बमोजिम कार्यान्वयन गर्न गराउन संघ, प्रदेश र स्थानीय तहको सम्वद्ध सबै निकाय तथा सरोकारवालाहरुलाई आवन गरेका हुन् ।

विद्यालय तथा शैक्षिक संस्था तत्काल खोल्न अनुमति नदिइएपछि दुर शिक्षा तथा खुल्ला शिक्षालगायत वैकल्पिक प्रणालीबाट सिकाई सहजीकरण गर्न सकिने मन्त्री पोखरेलले विज्ञप्तिमा भनेका छन् । ‘विद्यालय जाने उमेरका बालबालिकाको नियमित पठन पाठनको सहज अवस्था सिर्जनना गर्नका लागि दुर तथा खुला शिक्षा लगायत वैकल्पिक प्रणालीबाट सिकाइमा सहजीकरण गर्न निर्देशिका जारी गरिएको छ,’ मन्त्री पोखरेलले विज्ञप्तिमा भनेका छन्, ‘सो निर्देशिकालाई यही २०७७ साल आषढ १ गतेबाट कार्यान्वयन गर्न, गराउन संघ, प्रदेशर स्थानीय तहका सम्बद्ध सबै निकायहरु तथा सरोकारवाला सबैलाई हार्दिक आव्हान गर्दछु ।’

यसैगरी विज्ञप्तिमा कोभिड-१९ को महामारीको कारणले स्थगन भएका विद्यालय तहका परीक्षाहरुका सम्बन्धमा उपयुक्त निर्णय लिने गृहकार्यमा मन्त्रालय लागिपरहेको समेत जानकारी दिएका छन् ।

योसँगै कतिपय निजी विद्यालयहरुले अनलाइन तथा दुरशिक्षा प्रणालीबाट पठनपाठन गराउँदै आएकोमा निरन्तरता पाउने भएको छ । तर, असारभित्र पनि विद्यालय तथा शैक्षिक संस्थाहरु खोलने अवस्था नदेखिएको बुझिएको छ । साउनबाट भने सरकारले खोल्ने या नखोल्ने गरी निर्णय दिने विश्वस्त स्रोतले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्