Logo

एमसीसीबारे रावल : कसैको उपनिवेश नभएको देश आज आएर एउटा कम्पनीबाट सरकार चल्छ ?, यो राष्ट्रको अस्तित्वको लडाईं हो



सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री डा. भीमबहादुर रावलले आफूहरु सबै देशबाट आर्थिक सहयोग लिने पक्षमा भएपनि राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता, राष्ट्रिय हित र आफ्नो अस्मितामाथि आँच आउनेखालेको शर्तमा आउने सहयोग स्वीकार्य नहुने स्पष्ट पारेका छन् । एमसीसी विवादबारे हिजो बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता र सार्वभौमिकतासँग नमिल्ने कुनै पनि काम गर्दैनौं भनेर बोलेको रावलले सुनाए । एमसीसी सम्झौतालाई गम्भीर रुपमा पार्टीमा छिट्टै बैठक बोलाएर छलफल गरेर त्यसलाई हेर्छौै भनेरपनि प्रधानमन्त्री ओलीले बताएको उनले स्पष्ट पारे । रावलसँग पत्रकार ऋषि धमलाले नेपाली रेडिओ नेटवर्कबाट प्रशारण भएको नेपाली बहस कार्यक्रमको लागि कुराकानी गरेका छन् । प्रस्तुत छ रावलसँगको कुराकानीको सम्पादित अंश :

अब एमसीसी पारित नहुने भयो होइन हिजो सचिवालय बैठकबाट ?

हिजोको बैठकको छलफलबाट मात्रै होइन । त्यसमा रहेका हाम्रो राष्ट्रिय स्वतन्त्रता, अखण्डता र सार्वभौममा आँच आउने बुँदाहरुमा आवश्यक संशोधन र परिवर्तन नगरी यसलाई अनुमोदन गर्न मिल्दैन भन्ने पहिला नै भएको हो । हिजोको बैठकमा फेरि त्यो निकै जोडदार रुपमा उठेको छ । हामी कुनै देशबाट आर्थिक सहयोग लिने पक्षमा छौं । तर, राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता, राष्ट्रिय हित र आफ्नो अस्मितामाथि आँच आउनेखालेको सर्तम आउने सहयोग स्वीकार्य हुने छैन ।

एमसीसीको बारेमा प्रधानमन्त्रीले हिजोको बैठकमा के भन्नभयो त ?

हिजो बैठकमा प्रधानमन्त्रीजीले हामी राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता र सार्वभौमिकतासँग नमिल्ने कुनै पनि काम गर्दैनौं । यो जुन सम्झौता यसलाई गम्भीर रुपमा पार्टीमा छिट्टै बैठक बोलाएर छलफल गरेर त्यसलाई हेर्छौं । त्यो नगरुन्जेल यो सम्झौता अगाडि बढ्दैन । यसअन्तर्गत कुनै पनि काम भएका छन् भने त्यो पनि किर्मचारीलाई बोलाएर रोकिने छन् भन्नुभएको छ ।

अनुमोदन नहुन्जेल एमसीसीको काम रोकिन्छ हो ?

त्यो त स्वतः रोकिन्छ । कुनै देशसँगको सम्झौता अनुमोदन नै भएको छैन भने त्यो कार्यान्वयनमा कसरी जान्छ । हिजो अर्थमन्त्रीको पनि हालोचना भएको छ । किन कुनैपनि देशसँगको सम्झौतालाई जुन प्रक्रियाबाट अनुमोदन हुनुपर्ने हो त्यो नभइकन काम अगाडि बढाउने भन्ने कुरा गैरजिम्मेवार काम हो ।

तर, अर्थमन्त्रीजीले त तपाईंहरुको कुरालाई मान्नुभएन नि बजेटमा उहाँले राखिदिनुभयो नि ? 

त्यो उहाँको व्यक्तिगत कुरा हो र ? यो त पार्टीको केन्द्रीय कमिटिले निर्देशन दिइसकेपछि उहाँले त्यो मान्नैपर्छ । र, पार्टीको निर्देशन र स्वयम प्रधानमन्त्रीबाट पनि त्यो कुरा आइसकेपछि अर्थमन्त्रीले मात्रै म मान्दिन भन्ने कुरा हुन सक्दैन ।

अर्थमन्त्रीको त यो अनुदान लिनुपर्छ भन्ने तर्क छ नि ?

त्यस्तो तर्क गरेर भएन नि । जुन प्रावधानमा राष्ट्रको हित हुँदैन । राष्ट्रिय स्वाधिनतामा आँच आउँछ । हामी कुनै राष्ट्रको सैनिक गठबन्धनमा बाँधिन सक्छौं । स्वतन्त्र परराष्ट्र नीतिमा नकारात्मक असर पर्छ भने कसरी अनुमोदन हुन्छ । कि त ती कुरा लेखेको छैन भन्न सक्नुपर्छ । त्यो नगरेर म जबर्जस्ती गर्छु भनेर कुनै पनि व्यक्तिले गर्न मिल्दैन । त्यो गरियो भने पनि त्यो मान्ने कुरा हुँदैन ।

हिजोको बैठकमा प्रधानमन्त्रीले अर्थमन्त्रीलाई बजेटमा राखेको झिक्नुभनेर निर्देशन दिनुभयो त ?

बजेटमा जसरी राखिएको कुरा छ । त्यसप्रति हामीले आपत्ति जनाएयौं । तर, प्रधानमन्त्रीबाट पहिला नीति तथा कार्यक्रम आउँदा जुनखालको भाषा प्रयोग गरिएको थियो । यो अनुमोदन पनि होइन, स्वीकारेको पनि होइन । यसलाई पुरा अध्ययन गरेर स्वीकार्ने अथवा नस्वीकार्ने भन्ने कुरा पछि गर्दछौं भन्नुभएको थियो । अर्थमन्त्रीले संसद्मा जवाफ दिँदा पनि त्यही भाषा प्रयोग गर्नुपर्छ । अर्थमन्त्रीजीले विगतमा यो परेको थियो । अनि यसपालि पनि परेको भन्नुभयो । हामीले पहिले पार्टीले निर्णय गरेको थिएन । यो रुपमा बाहिर आएको पनि थिएन । अहिले यो रुपमा बाहिर आएपछि केन्द्रीय कमिटिले नै निर्णय गरिसकेपछि तपाईंले यत्तिकै परेको हो भन्नु जिम्मेवार कुरा भएन भनिएको छ । यसको सार के हो भने यथास्थितिमा अगाडि बढ्दै त्यस सम्बन्धमा ब्यापक रुपमा छलफल हुन्छ र पार्टीले आवश्यक निर्णय गर्दछ । त्यो निर्णयले मात्रै प्रक्रिया अगाडि बढ्ने नबढ्ने निक्र्यौल हुछ ।

तपाईंले एमसीसी अगाडि बढ्दैन भनिरहँदा, एमसीसी नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टका अनुसार त काम भइरहेको छ नि ?

त्यसमा कुन कर्मचारीले आफूले तलब खाएबमोजिम कसले के भन्नुहुन्छ त्यो उहाँको कुरा हो । तर, हाम्रो देश नेपालको संविधानअनुसार चल्छ । हाम्रो पार्टीका पनि आफ्नो घोषित नीति हुन सक्छन् । केही अर्बले आफ्नो स्वतन्त्रता, स्वाधिनता गुमाउन सकिँदैन । यहाा केही मान्छे पैसाको कुरा गर्दछन् । अहिले पनि हाम्रो साझेदारी विकास कोष अन्तर्गत सांसद् रकम भनेर बाहिर चर्चित भएको पहिलो वार्षिक नौ अर्ब थियो । अहिले ६ अर्बभन्दा अझ बढी छ । त्यो एमसीसीमार्पmत आउने रकम वार्षिक रुपमा त्यहीं ८, ९ अर्ब आउने हो । त्यसको ठूलो हिस्सा कम्प्युटर लगायत अरुअरु काममा खर्च हुन्छ । अनि हामीसँग पैसा भएन भन्छौं । त्यसोभए रोकिदिउँन त साझेदारी विकास कोष त्यही पैसा उता हालिदिउँ । त्यसैले केही अर्ब रुपैयाँ बुझेर आफ्नो स्वाधिनलाई नै बाजीमा राख्ने अनि यो नभए हाम्रो महासागरै डुब्छ भनेर हुन्छ । त्यसमा मैले हिजो भएको महाकाली सन्धीको स्मरण गराएको छु । त्यसबेलामा केही व्यक्तिहरुले अभिव्यक्ति दिनुभएको थियो । आज के भयो भारतसँग कस्तो समस्या उत्पन्न भयो ? त्यसबेला हामीले लिम्पियाधुरालाई महाकालीको उद्गम मानौं अनि मात्रै अगाडि बढौं भनिएको थियो ।

महाकाली सन्धी पारित गराउने बेलामा त शेरबहादुर देउवा र केपी शर्मा ओली नै हुनुहुन्थ्यो नि ?

त्यस बेला प्रधानमन्त्री शेरबहादुर देउवाजी हुनुहुन्थ्यो । उहाँले महाकाली सन्धिजस्तो कुरा जसरी भ्रम सिर्जना गरेर आज देशलाई अप्ठ्यारोमा पार्नुभयो । अहिले एमसीसीको प्रकरणमा उहाँ जे भन्दै हुनुहुन्छ । हिजोको महाकाली सन्धिको घटनाबाट पनि उहाँले अभैm चेत्नुभएको छैन भन्ने देखिन्छ । देशभक्त नेपालीहरुले यसको प्रतिवाद गर्नुपर्छ । राष्ट्रिय स्वाधिनताको रक्षा गर्नुपर्छ । यहाँ केही मानिसहरुले यो रकम भए विकासै रोकिन्छ भनिरहेका छन् । यो पूर्ण रुपमा गलत हो । हामीसँग त्यो रकम छ । एक वर्षमा हदै आयो भने ८, ९ अर्ब आउने हो । ५ वर्ष गरेर ४५, ५० अर्ब आउने हो । ८, ९ अर्ब रुपैयाँ त हरेक वर्ष हाम्रो यत्तिकै खर्च नभएर बसेको हुन्छ । केही पैसाको लोभ देखाएर आफ्नो निहीत स्वार्थमा परेर विकास विरोधजस्तो देखाइएको छ । त्यो नेपालको स्वतन्त्रता र स्वाधिनताविरुद्ध राष्ट्रिय अस्मितामाथिको खेलबाड हो । त्यसको नेकपाले विरोध गरेको छ । मलाई विश्वास नेकपा आफ्नो देशको स्वतन्त्रताको पक्षमा उभिन्छ ।

नेकपाभित्र एमसीसीको विषयलाई लिएर एकवर्षदेखि पक्ष र विपक्षमा मत विभाजन भएको छ नि ?

यस्तो हुनुमा यो सम्झौता नेपाली कांग्रेसको पालामा भयो । र, नेकपाको सरकार भएको बेलामा संसद्मा पेश भयो । त्यस अगाडि यो सम्झौताका विस्तृत कुराहरु के छन् भन्ने कुरा थाहा नै थिएन । अहिले केही केही मान्छेहरु भन्छन् ‘यत्रो वर्षसम्म केही नभन्ने अनि अहिले संसद्मा आइसकेपछि कुरा उठाउने ?’ भन्छन् । त्यो बेलामा यसलाई गोप्य राखेपछि कहाँबाट छलफल गर्ने ? छलफलमा ल्याएको थियो र ? त्यसबेला पार्टीको मिटिङमा पनि राखिएको थिएन । हामीले जुन मितिबाट थाहापायौं त्यही मितिबाट विरोध गरेका छौं । कसैको उपनीवेस नभएको देश आज आएर एउटा कम्पनीबाट सरकार चल्छ ? यो राष्ट्रको अस्तित्वको लडाईं हो ।

त्यसोभए तपाईले अब एमसीसी पारित हुँदैन भनेर भन्न सक्नुहुन्छ ?

यसमा मैले व्यक्तिगत रुपमा भन्नुभन्दा पनि म जुन पार्टीमा आबद्ध छु । त्यो पार्टीको केन्द्रीय कमिटि बैठक स्वयमले यसमा गहन छलफल गरेर कार्यदल गठन गरेको छ । त्यसले राखेको प्रतिवेदनको आधारमा पार्टीभित्र फेरि छलफल गरेर मात्रै निर्णय हुनुपर्छ भनेर पार्टीले नै भनेको छ । जब पार्टीले नै त्यसो भनेको छ भने त्यही पार्टीको नेतृत्वमा भएकोर सरकारले कसरी अगाडि बढाउन सक्छ ?

नेपाल–भारत सीमा समस्या समाधानको लागि राजनाथले त वार्ताबाटै समाधान गर्नुपर्छ भन्नुभयो कति संभव छ ?

वार्ताबाट समस्या समाधान गर्नुपर्छ भन्ने कुरा राम्रो हो । नेपाल सरकारको तर्पmबाट वारम्बार पहल भएको छ । नेपालले हामी वार्ताको तयार छौं भारतबाट त्यसको सुनुवाइ हुनुपर्छ भनिरहँदा भारतको तर्पmबाट पनि चासो राखेको कुरा सुनेँ । हामी त्यही पक्षमा छौं । तर, यहाँ म एउटा कुरा राख्न चाहन्छु । कहिलेकाही भारतीय नेताहरुले ‘हामीसँग नेपालसँग रगतको नाता छ, हामी भाइभाइ हौं, नेपाल सानो भाइ’ जस्ता अभिव्यक्ति त्यो हामी नेपाली जनताको लागि स्विकार्य छैन । हामी कसैको भाइ पनि होइनौं, कसैको परिवार पनि होइनौं । हामी स्वतन्त्र देश हौं । संयुक्तराष्ट्र संघको वडापत्रको आधारमा हामी कुनै पनि देशसँग सम्बन्ध अगाडि बढाउन चाहन्छौं । भारतले पनि हामीसँग त्यही व्यवहार गर्नुपर्छ । हामी १९५० को असमान सन्धीको प्रावधानदेखि लिएर दुई देशको सम्झौतालाई सामुहिक बनाउन तयार गरिएको प्रतिवेदन भारतले तुरुन्त बुझ्नुपर्छ । धेरैले भन्ने गरेको हुन्छन्, भारतसँग सम्बन्ध चुलियो, सगरमाथा जत्तिकै भयो यस्तो कुरा नगरौं । व्यवहारलाई हेर्ने गर्नुपर्छ । पारपरिक सहयोग सद्भावलाई अगाडि बढाउनुपर्छ । हामीलाई कुनै झै–झगडा गर्नुछैन । हाम्रो भूमिका रक्षा गर्नुछ । त्यसको आधारमा अगाडि बढ्ने हो । अहिले पनि भारतले सीमानामा बनाएका भौतिक संरचनाहरुले हाम्रा भूभागहरु डुबानमा परेका छन् । दश गजा मिचिएको छ । यस्ता कामहरु बन्द भएपछि सम्बन्ध यसै राम्रो भइहाल्छ नि । जुन देशले हिजो वाह्य देशको पीडा र हस्तक्षेप व्यहोरो । हिजो वृटिसहरुको उपनिवेश भयो । आज आएर अरुमाथि त्यसो गर्दा सम्वेदनशील हुनुपर्ने हो जस्तो लाग्छ । तर, पनि वार्ताबाट हामी समस्याको समाधान चाहन्छ । वार्ता टेबुल गरौं हाम्रो लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा यो हाम्रो भूभाग हो भनेर अनुभूति गर्दछौं । नेपाल सरकारको धारणा पनि यही रुपमा भएको बुझिएको छ ।

नेपाली कांग्रेस, जनता समाजवादीले संशोधन प्रस्तावमा मतदान गर्ने संकेत गरेको छ, तर राजपा त विपक्षमा उभिएको छ नि यो अवस्थामा राष्ट्रिय सहमति बन्छ ?

नेपालको भूभाग समेटेर नक्सा प्रकाशित गर्ने कुरामा यदि कुनै पनि व्यक्ति, नेता र राजनीतिक दलले असहमति जनाउँछ भने ती व्यक्तिको यस देशप्रति माया, भक्तिमा प्रश्नचिन्ह खडा हुन्छ । चाहे त्यो राजपा होस् या कुनै अरु पार्टी होस् । उहाँहरुले के सोच्नुप¥यो भने देश भएर मात्रै उहाँहरु नेता, मन्त्री हुनुभएको हो । त्यसैले यो देशको भूभाग नै अतिक्रमणमा पर्छ भने उहाँहरुको अस्तित्व कहाँ पुग्छ ? चाहे मधेस होस् या पहाड, तराई जनताले नजिकबाट मूल्यांकन गरिरहेका छन् । उहाँहरुको के असमति हुन् त्यसको बारेमा हामीहरु बसेर छलफल गर्न सक्छ । तर, देशको राष्ट्रिय भौगोलिक अण्डताको विषयमा उहाँहरुले त्यसो गर्नुभनेको सर्वथा अनुचित छ ।

पश्चिम रुकममा नवराज विकलगायत ६ जनाको कुटपीटबाट मृत्यु हुँदा पनि सत्तारुढ दलका नेताहरुको प्रतिक्रिया किन आउँदैन ?

यसको बारेमा मैले घटना घटेको भोलिपल्टै त्यसको निन्दा गरेको छु । घटनाको निश्पक्ष छानविन भएर दोषीमाथि कडाभन्दा कडा कारबाही हुनुपर्छ भनेको छु । र, पीडितहरुलाई राज्य संरक्षण दिनुपर्छ । यो अहिलेको कानुन र सामाजिक सभ्यताको लागि अत्यन्तै निन्दनीय कुरा हो । यसलाई राज्यका निकाय, तपाईं हामी जस्ता सामाजिक निकायले गम्भीर रुपमा लिनुपर्छ ।

हामीले जातीय विभेदको अन्त्यको लागि धेरै कानुनहरु बनाएऔं तर समाजमा अझै विद्यमान छ नि ?

हाम्रो समाज धेरै पहिलादेखि सामान्ति संस्कारबाट अगाडि बढिरह्यो । हामीले त्यसलाई राजनीति, सामाजिक र सांस्कृतिक दृष्टिकोणबाट हटाउने प्रयास गरेका छौं । तर, मानिसहरुको मनमश्तिष्कमा गडेको त्यो संस्कार पहिलाको तुलनामा त धेरै घटेको छ । निमिट्यान्न हुन भने अभैm सकेको छैन । तर, अझैपनि यसका प्रभावहरु हाम्रा समाजमा विद्देमान छन् । FILE PHOTO/MUKUNDA KALIKOTE-REPORTERSNEPAL.COM



प्रतिक्रिया दिनुहोस्