Logo

विद्युतीय गाडी निरुत्साहित : नाडा



काठमाडौँ, १९ जेठ । अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले सरकारले विद्युतीय सवारीसाधनमा पनि डिजेल र पेट्रोलका गाडीहरूमा जस्तै उच्च महसुल दर लगाएकाले सर्वसाधारणले विद्युतीय सवारीसाधन खरिद गर्न नै नसक्ने अवस्था उत्पन्न भएको जनाएको छ ।

नाडाले विद्युतीय सवारीसाधनको प्रयोगलाई सरकारले निरुत्साहित गर्न खोजेको हो कि भन्ने आशङ्का व्यक्त गरेको छ । आइतबार प्रकाशित उसको विज्ञप्तिमा भनिएको छ, सरकारको दोहोरो र अनिश्चित मापदण्डबाट व्यवसायीको ठूलो लगानी डुब्ने अवस्था आएको छ ।

सरकारले नयाँ सवारी वा ढुवानीका साधन नेपालस्थित आधिकारिक बिक्रेताले मात्र पैठारी गर्न पाउने व्यवस्था उल्लङ्घन गर्दा उत्पादक कम्पनीद्वारा नियुक्त जुनसुकै बिक्रेताबाट पनि आयात गर्नसक्ने व्यवस्थाले उत्पादक कम्पनीको कुनै जानकारी वा दायित्व नै नरहने अवस्था उत्पन्न भएको जनाएको छ । जसबाट आयातित सवारीसाधनको स्थानीय बिक्रेता मात्रै जिम्मेवार रहने स्थिति आएको छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्