Logo

अभिभावकले गलत बुझे, विद्यार्थी विद्यायल पठाउ भनेको हैन-भिडियो कक्षा सञ्चालन गरौँ भनेको होः प्याब्सन



काठमाडौं, जेठ १९ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सनका अध्यक्ष टिका पुरीले विद्यालय सञ्चालनको अर्थ नबुझेर धेरै अविभावक र विज्ञहरुनै अन्योलमा परेको बताएका छन् । उनले कोरोनाका कारण लामो समयदेखि पठनपाठन बन्द रहेको अवस्थामा विद्यालय सञ्चालन गरी भर्चुअल (भिडियो) कक्षा चलाउन आफुहरुको निर्णय भएको जिकिर गरे ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहमा कुरागर्दै प्याब्सनका अध्यक्ष पुरीले यस्तो संक्रमणको अवस्थामा कोहि पनि विद्यार्थी विद्यालयमा उपस्थित हुन नसक्ने भएकाले अहिलेको प्रविधिलाई प्रयोगगरी अनलाइन, टेलिभिजन र रेडियोहरु मार्फत पढाई सुरुगर्न ढिला भएको भन्दै शिक्षामन्त्रीको विज्ञप्ती स्वागत योग्य भएको दावीसमेत गरेका छन् ।

अहिलेको बजेट निजिक्षेत्रको हित विपरितआएको र सामुदायीक र निजिलाई संगसंगै मिलेर जानुपर्ने भनेपनि अहिलेको अवस्थामा सामुदायीक विद्यालय सञ्चालन गर्न सकिने अवस्था नरहेको उनको भनाई रहेको छ। बजेटमा गलत शब्द प्रयोग भएको भन्दै उनले विशिष्ट र स्रोत भएका निजि विद्ययालयलाई तार्गेट गर्नुपर्नेमा बजेटले सवैलाई भनेकाले सामुदायीक विद्यालय चलाउन सम्भव नहुने बताए ।

अध्यक्ष पुरीले नेपालका विद्यार्थी संगठनहरुको कुनै काम नभएको र शिक्षाको विकासमा भन्दा पनि असुल्ने र धम्की दिने मात्रै उनिहरुको काम भएकाले कक्षा सञ्चालन गर्ने भन्दा विरोध गरिरहेको जनाए। अहिले सवै विद्यार्थी संगठनहरु परापरावादी सोच चलिरहेको उनको भनाइ छ ।

उनले भने ,‘सामुदायीक विद्यालयलाई राम्रो बनाउनुपर्छ भन्नेमा हाम्रो विमति छैन । शिक्षामन्त्रीले विरोध धान्न सक्नुभएन र बजेटको विरोध गर्नुभएको हो । बजेटले शिक्षा क्षेत्र उपेक्षा गरेको छ । अहिले अनलाइन र टेलिभिजन मार्फत भर्चुअल कक्षा सुरु भइरहेको छ तर, सवै ठाउँमा छैन । अव देशभरी रहेका विद्यार्थीलाई यहि माध्यामबाट पढाउनुपर्छ’।



प्रतिक्रिया दिनुहोस्