Logo

‘सरकारी नेकपा’ भन्दै विप्लवको यस्तो आयो चेतावनी (विज्ञप्तिसहित)



काठमाडौं, १९ जेठ । हिजो नेत्रविक्रम चन्द विप्लवको हस्ताक्षरसहित विज्ञप्ति आयो । जसमा अमेरिकी सहयोग सम्बन्धी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित नगर्न भनेका छन् ।

विज्ञप्तिमा विद्रोही नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष विप्लवले ‘सरकारी नेकपा’ भनेका छन् । उनले नेपाल कम्युनिस्ट पार्टीलाई सरकारी नेकपा भनेका हुन् । विप्लवको दल पनि नेपाल कम्युनिस्ट पार्टी नै हो । त्यसैले उनले सरकारी नेकपा भनेका हुन् ।

विप्लवले एमसीसी सम्झौता नेपाली सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्रताका विरुद्ध रहेको भनेका छन् । उनले एमसीसी पास गरिए सशक्त प्रतिकार गर्ने चेतावनी समेत दिएका छन् । उनले भनेका छन्, ‘नेपाल कम्युनिस्ट पार्टीले सशक्त प्रतिरोध गर्ने चेतावनी पनि दिन चाहन्छ ।’

त्यसबाट पैदा हुने परिस्थितिको जिम्मेवार सरकार, संसद र अनुमोदन गर्ने पार्टीहरु हुनुपर्ने पनि स्पष्ट गर्दछ ।

यसैगरी विप्लवले लकडाउनमा पनि मसाल जुलुस देखि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको पुत्ला जलाउने कार्यक्रम समेत राखेका छन् ।



प्रतिक्रिया दिनुहोस्