Logo

किन कोरोना भाइरस र फ्लुबिच तुलना गर्न मिल्दैन?



१९ जेठ : ‘फ्लुका कारण कोरोना भाइरसभन्दा धेरै मानिसहरुको मृत्यु हुन्छ। तर, यसको लागि अर्थतन्त्र किन बन्द गर्नु?’ लकडाउनको निन्दा गर्दै विरोध प्रदर्शनमा उत्रिएकाहरुको लोकप्रिय तर्क हो यो जसले समाचार पत्रहरुले कोरोना भाइरसलाई अनावश्यक उचालिरहेको ठान्छन्।

तर, यस वर्ष कोरोना भाइरसका कारण अमेरिकामा मृत्यु हुनेको संख्या ६२ हजारभन्दा बढी पुगेको छ जुन अक्टुबरदेखि फ्लुका कारण मृत्यु हुनेको अनुमानित संख्यालाई धेरै बढी हो र फ्लुभन्दा धेरै तीव्र गतिमा ज्यान लिइरहेको छ।

यहाँ केही कारणहरु दिइएको छ जसले प्रष्ट्याउँछ कि कोरोना भाइरस फ्लुभन्दा धेरै खतरनाक छ।

कोरोनाभाइरस फ्लुभन्दा धेरै संक्रामक

एक अनुसन्धानमा यो पाइएको छ कि फ्लु संक्रमित व्यक्तिले औषतमा १.२८ अन्य व्यक्तिलाई संक्रमित बनाउँछ। तर, स्टे एट होम अर्डरहरु बिना नोबल कोरोनाभाइरस संक्रमित एक व्यक्तिले औषतमा २ देखि ३ जनालाई संक्रमित बनाउछ।

र यो कोरोनाभाइरस यति नौलो छ कि गर्मी मौसममा हराउँछ कि हराउँदैन वा कति हराउँछ भन्ने अहिलेसम्म स्पष्ट छैन। तर, दक्षिण गोलाद्र्धमा गर्मी मौसममा पनि यो भाइरस फैलिरहनुले यो देखाउँछ कि गर्मीले यस भाइरसबाट हुने संक्रमणलाई कम गर्न सक्दैन।

कोरोनाभाइरसले तिव्र गतिमा ज्यान लिइरहेको छ

युएस सेन्टर फर डिजिस कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार अक्टोबर २०१९ देखि अप्रिल २०२० सम्ममा अमेरिकामा मात्रै फ्लुले २४ हजारदेखि ६२ हजार जनाको ज्यान लिएको छ। यो संख्या केबल प्राथमिक संख्या हो र सिडीसीले यस फ्लु मौसमको लागि यसको प्रारम्भिक अनुमान अपडेट गर्न रोकिसकेको छ।

यदि १ अक्टोबर देखि ४ अप्रिलसम्ममा ६२ हजार मानिसको मृत्यु भइसकेको छ भने यसको मतलब अमेरिकामा फ्लुका कारण दैनिक औषतमा ३३१ जनाको मृत्यु भएको छ।

यसको ठिक विपरित, कोरोना भाइरसले अमेरिकामा फेब्रुअरीदेखि (जब कोरोनाका कारण पहिलो मृत्यु भएको थियो) अप्रिल मसान्तसम्ममा ६२ हजार ८५० को ज्यान लिइसकेको जोन्स हपकिन्स विश्वविद्यालयको तथ्याङ्कमा देखिएको थियो। जसअनुसार, फेब्रसअरी ६ देखि अप्रिल ३० सम्ममा कोरोना भाइरसका कारण अमेरिकामा दैनिक औषतमा ७३९ जनाको मृत्यु भएको छ।

कोरोनाभाइरस लक्षणबिना धेरै दिनसम्म फैलिन्छ

फ्लुको इन्क्युवेशन अवधि तुलनात्मक रुपमा छोटो हुन्छ। मानिसहरु संक्रमण भएको १ देखि ४ दिनभित्र बिरामी महसुस गर्न थाल्छन् भने यसका लक्षणहरु दुई दिनभित्र देखा पर्ने सीडीसीले बताएको छ।

यसको मतलब फ्लुबाट बिरामी परेका व्यक्तिलाई उनीहरु चाँडै बिरामी भएको थाहा हुन्छ र अरुसँगको सम्पर्कलाई बेवास्ता गर्दै घरमै बस्छन्।

तर, कोरोना भाइरसको इन्क्युवेसन अवधि ३ देखि १४ दिन हो र संक्रमण भएको ४ वा ५ दिनपछि मात्र देखा पर्ने हभर्ड मेडिकल स्कुलले बताएको छ।

‘हामीलाई थाहा छ कि कोभिड १९ संक्रमित व्यक्तिले संक्रमण भएको ४८ देखि ७२ घण्टापछि मात्रै महसुस गर्नेछ,’ हवर्डका विशेषज्ञ भन्छन्, ‘पछिल्ला अनुसन्धानहरुमा यो कुरा अगाडि आएको छ कि लक्षणहरु देखिनु ४८ घण्टा अघि नै अरुलाई भाइरस फैलाउने सम्भावना धेरै हुन्छ’।

यदि यो साँचो हो भने, ‘कोरोना भाइरसका कारण अनजानमा हुने संक्रमण रोक्न मास्क, सामाजिक दूरी र कन्ट्याक्ट ट्रेसिङ्गहरुलाई अझ प्रभावकारी ढङ्गले लागु गर्न आवश्यक छ,’ हवर्डले भने।

‘लक्षण नदेखिएको संक्रमितबाट संक्रमण फैलिने अधिक सम्भावना छ,’ युसीएलए स्कुल अफ पब्लिक हेल्थका महामारी विज्ञान प्राध्यापक एनी रिमोइनले बताए। ‘जब तपाई केही बोल्नुहुन्छ, तपाईको अलिकति थुक निक्लन्छ,’उनले भने, ‘तपाई नाख, मुख छुनुहुन्छ, आँखा मिच्नुहुन्छ र तपाई अन्य सतहलाई पनि छुनुहुन्छ र यसरी तपाई भाइरस फैलाइरहनुहुन्छ यदि संक्रमित हुनुहुन्छ भने’।

तपाई फ्लुको खोप पाउन सक्नुहुन्छ तर, कोरोनाको सक्नुहुन्न

धेरै व्यक्तिहरुलाई फ्लु संक्रमणका कारण धेरै मानिसका मृत्यु भएमा सो मृत्युदरलाई तुरन्तै नियन्त्रण गर्न सकिन्छ। तपाईले पहिलो फ्लुको खोप लिनुभयो र पछि संक्रमण भयो भने पनि त्यसको लक्षणहरु कम गम्भीर हुन्छन्। यद्यपि, फ्लुका कारण मृत्यु हुने बच्चाहरु सहित आधा अमेरिकीहरु यो खोप लिदैनन्।

तर, कोरोना भाइरसको अहिलेसम्म कुनै खोप नै छैन। यसको खोप अहिले १ महिनामा पनि सार्वजनिक हुन सक्छ, वा महिनौँ पनि लाग्न सक्छ। मेरोलागानी



प्रतिक्रिया दिनुहोस्