Logo

वर्षाको खुट्टामा टाटु



काठमाडौ, जेठ १९ । नायिका वर्षा सिवाकोटीलाई खुट्टाको टाटुले निकै आकर्षक देखाएको छ । पछिल्लो समयमा नायिकाहरुबीच टाटु खोप्ने एक होडवाजीनै चलेको छ । नायिका करिश्मा मानन्धर, उषा खड्गी, प्रियंका कार्की आदीले यस अघि नै टाटु खोपीसकेका छन् । वर्षालाई खुट्टाको टाटुले झन् आकर्षीत बनाएको छ । उनले अभिनय गरेका फिल्मले खासै सफलता प्राप्त नगरेपनि सामाजिक सञ्जालमा भने हिट छिन् । उनले लगाएको पहेलो रंगको ड्रेसअपले त उनको सुन्दरतामा निखार आएको छ । उनले आज इन्स्टाग्राममा निकै सुन्दर तस्वीर सेयर गरेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot