Logo

विप्लवको आँखा वनमा



काठमाडौ, जेठ १९ । विद्रोही नेपाल कम्युनिस्ट पार्टी विप्लव समुहको सेती–महाकाली ब्युरोले बन फडानी भएको भन्दै गम्भीर भएको जनाएको छ । उसले प्रेस विज्ञप्ती जारी गर्दै वन फडानी गर्ने भष्ट्र दलाल शासक, कमिशनखोर कर्मचारी र नाफाखोर व्यवसायीलाई वन फडानी, ढुवानी तथा ओसारपोसार गर्ने जस्ता कार्य तत्काल रोक्न चेतावनी दिएको छ ।

ब्युरोका इन्चार्ज निर्माणले कथित वन वैज्ञानिकको नाममा वन फडानीविरुद्ध पार्टी निरन्तर रुपमा लागीरहने पनि जानकारी दिएका छन्् । इन्चार्ज निर्माणले जारी गरेको प्रेस विज्ञप्तीमा लेखिएको छ, ‘यस्तो बेलामा पनि सुदुरपश्चिमका कैलाली कञ्चनपुर लगाएतका जिल्लामा कथित वैज्ञानिक वनको नाममा व्यापक बन कटानी भैरहेको जनगुनासो आइरहेको छ । ’

विज्ञप्तीमा बताइएको छ, ‘हाम्रो पार्टीले भन्दै आएको यो कथित वैज्ञानिक वन परियोजना नेपाली जनताको हितमा भन्दा पनि साम्राज्यवादी पुजीवादीको उद्देश्यमा ल्याइएको हो भनेको कुरा अर्थमन्त्री खतिवडाले निती कार्यक्रममा समेट्नुले पुष्टि गरेको छ । अझ त्यसमा पनि सरकारले रोक्न खोजेको जस्तो गर्ने र व्यवसायीलाई तर्साएरु पैुसा असुल्ने तर परिपत्र तल्लो निकायमा समसमै सम्प्रेषण नगर्ने र वन कटानीलाई जारी राख्ने खेल देखिन्छ । ’

विज्ञप्तीमा निर्माणले भनेका छन्, ‘अहिले पनि कैलालीका डिएफोहरुले वैज्ञानिक वन नबनाए सामुदायिक वनको नविकरण नगरिदिने धम्की दिदै हिडेको र काठ व्यवसायीबाट बतै प्रतिशतका आधारमा त कतै प्रति फुट क्युफिट सय रुपैयाँका दरले रकम असुल गरिरहेको बुझ्नमा आएको छ । हाम्रो भावी पुस्ताको भविष्य खतरामा पर्ने र पर्यावरण समाप्त हुने गरी पुजीवादी नाफाखोर नोकरशाहहरुले हरियाली वन कथित वैज्ञानिक वनको नाममा सखाप पार्दैछन् । यसको विरुद्ध सिंगो पार्टी पंक्ति, सरोकारवाला निकाय र जनतान शसक्त प्रकारले उठ्न आह्वान गर्दछौ । ’ विज्ञप्तीको पुरा अंशसहित…

 

 

 



प्रतिक्रिया दिनुहोस्