Logo

पेस्तोल र गोली सहित पक्राउ



धनुषा, १९ जेठ । पेस्तोल र गोली सहित अजिजुल राईन आइतबार दिउँसो पक्राउ परेका छन् । जनकपुर उपमहानगरपालिका बलौनीबाट अटोमेटिक पेस्तोल १ थान, म्यागजिन ३ थान, गोली ५ राउण्ड र चक्कु १ थान सहित महोत्तरी लोहरपट्टी नगरपालिका भम्रपुरा बस्ने डि.के.भन्ने राईनलाई आइतबार पक्राउ गरेको हो ।
२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनलाई जनकपुर उपमहानगरपालिका बलौनीस्थित आपँको बगैचामा ज.४ प ३९३३ नम्बरको मोटरसाइकल रोकी शंकास्पद अवस्थामा फेला पारी तलासी गर्दा उनको साथबाट उक्त हातहतियार फेला पारेको हो ।
राईनमाथी हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्