Logo

कोरोनाभन्दा खतरनाक रोग र समस्या, जसले लियो धेरैको ज्यान (सुचीसहित)



रिपोर्टर्स नेपाल, १९ जेठ । अहिले सँसार नै कोरोना भाइरसले आक्रान्त छ । झण्डै चार लाख मानिसको पाँच महिनाबीच मृत्यु भइसकेको छ । ६२ लाख मानिस संक्रमित भइसकेका छन् । तर, कोरोना भाइरस मात्र एउटा रोग होइन जुन मानवमाथि चुनौती बनेको छ ।

चीनको उआन शहरबाट फैलिएको कोरोना भाइरसका कारण अहिले विश्व नै महामारीसँग संघर्षरत भइरहेको हो । संक्रमण रोकथामका लागि कतिपय देशहरु लकडाउनको अवस्थामा छन् । सामाजिक दुरी कायम गर्न मानिसहरु घरमै बस्न बाध्य भएका छन् ।

कोरोनाको उपचार गरी २८ लाख ५४ हजार जना मानिस सकुसल घर फर्केका छन् । कोरोना लागेको मानिसको मृत्युको सम्भावना २ प्रतिशत देखिन्छ । त्यसैले कोरोना महामारी भन्दा अरु रोगहरु झन् खतरनाक छन् । ती रोगहरुबाट प्रत्येक दिन मानिसहरुको मृत्यु भइरहेको छ । कोरोनाबाट भन्दा बढी संख्यामा मानिसको मृत्यु हुने रोगहरु छन् ।

कोरोना भाइरसले भन्दा बढी संख्यामा प्रत्येक वर्ष मानसिक रोगले मानिस आत्महत्या गर्न वाध्य हुन्छ । डब्लुएचओका अनुसार प्रत्येक वर्ष झण्डै ८ लाख मानिस आत्महत्या गर्छन् । प्रत्येक ४० सेकेन्डमा एकजना मानिस आत्महत्या गर्छ । आत्महत्याको कारण मानसिक नै हो । कोरोना भाइरसभन्दा डरलाग्दो मानसिक रोग भइरहेको छ । रोचक त यो छ कि मानसिक रोग धनी देशहरुमा बढी पाइएको छ । कोरोना भाइरसबाट सँसारमै सबैभन्दा बढी मानिसको ज्यान गइसकेको न्युयोर्क शहर सँसारकै बढी आत्महत्या हुने शहरमा पर्छ ।

प्रत्येक दिन क्यान्सरबाट विश्वभर २६ हजार भन्दा बढी मानिसहरु मरिरहेको तथ्यांक रहेको छ । प्रत्येक वर्ष क्यान्सरबाट ९६ लाख मानिसको ज्यान जाने गर्दछ । हृदयघातबाट प्रत्येक दिन विश्वभर २४ हजार मानिसको ज्यान जाने गर्दछ भने मधुमेह रोगबाट ४ हजारको मृत्यु हुने गर्दछ ।

दैनिक रुपमा मानिसले नै मानिसको हत्या गर्नेको संख्या १३ सय रहेको छ । सन् २०१९ मा एड्सबाट विश्वभर मृत्यु हुनेको संख्या १० लाख रहेको जनाइएको छ ।

विश्वभर लामखेट्टेको टोकाईबाट सर्ने डेङगुबाट करिब १० करोड देखी ४० करोड मानिस संक्रमित हुने गर्दछन् । विश्वभर करिब ३१ लाख बालबालिका तथा मानिसहरु भोकमरीले मर्ने गरेको तथ्यांक रहेको छ ।

विश्वभर कुन रोग या समस्याबाट कतिको मृत्यु

१. आत्महत्या, मानसिक रोगको एउटा कारण–प्रत्येक ४० सेकेन्डमा १ जना

२. भोकमरीबाट प्रतिवर्ष ३१ लाख

३. एड्सबाट प्रतिवर्ष १० लाख

४. क्यान्सरबाट प्रतिवर्ष ९४ लाख

५. हृदयघातबाट प्रतिवर्ष ९० लाख

६. मधुमेहबाट प्रतिवर्ष १५ लाख

एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्