Logo

फेरि अर्को चक्रवातः नेपालमा पर्नेछ यस्तो प्रभाव



काठमाडौँ २० जेठ। नेपालमा फेरि अर्काे चक्रवातको प्रभाव पर्ने भएको छ ।

दक्षिणपूर्वी अरब सागरमा रहेको न्यून चापीय प्रणाली उत्तरतर्फ सर्दै गरेको छ । आउँदो २४ घण्टामा उक्त प्रणाली विकसित हँुदै चक्रवात हुने सम्भावना रहेको छ । त्यसको प्रभावले नेपालका केही स्थानमा जुन ४, ५ र ६ अर्थात (जेठ २२–२४) मा वर्षाका साथै पश्चिमी उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

केही दिनअघि बङ्गालको खाडीमा विकसित शक्तिशाली चक्रवात अंपुनको अप्रत्यक्ष प्रभावले नेपालका पूर्वी र मध्य भूभागमा हावाहुरीसहित वर्षा भएको थियो । मौसमविद् विभूति पोखरेलका अनुसार नेपालमा चक्रवातको प्रत्यक्ष असर गर्दैन । नेपालसम्म आइपुग्दा सो प्रणाली कमजोर भइसकेको हुन्छ । नेपालमा चक्रवातको आंशिक प्रभाव मात्र पर्ने बताइएको छ ।

अहिलेसम्मको अवस्थालाई हेर्दा उक्त चक्रवातको प्रभावले सुदूरपश्चिमी भूभागका केही स्थानमा वर्षा र पश्चिमी उच्च हिमाली भूभागमा हिमपात हुने सम्भावना रहेको मौसमविद् पोखरेलले बताउनुुभयो। रासस File photo



प्रतिक्रिया दिनुहोस्