Logo

एउटा हत्याले जलायो अमेरिका



एजेन्सी, २० जेठ । अमेरिकामा एकजना काला जातिका पुरुषको प्रहरीद्वारा भएको हत्या प्रकरणले दंगाफसाद चलेको छ । त्यहाँको स्थिति तवाग्रस्त बनेको छ ।

अफ्रिकि मुलका अमेरिकन जर्ज फ्लाँयडको प्रहरीले घुँडाले घाँटी थिचेर मारिदिएका थिए । घाँटी थिच्दा उनी स्वास फेर्न सकिनँ भनी छाड्न अनुनय विनय गरिरहेका थिए । तस्बिर र भिडियो भाइरल भयो । त्यसपछि आक्रोश बढ्यो ।

हत्याको विरोधमा जनताहरु ओक्रोशित भएका छन् । अमेरिकामा रङ्गभेद अझै छ । त्यसको विरोधमा मानिसहरु लकडाउनको उल्लंघन गर्दै सडकमा आएका छन् ।

फ्लाँयडलाई प्रहरी नियन्त्रणमा हुँदा हत्या गरिएको विषय खुलेपछि त्यहाँका जनताहरु न्याय दिलाउन सडकमा विराध प्रदर्शन गरिरहेको छ । उक्त विषयलाई लिएर बाशिन्टनमा समेत विरोध भइरहेको जनाइएको छ ।

प्रदर्शनमा अमोरिका कोरोना महामारीको त्रासबीच जलिरहेको छ । विगत छ दिनमा नागरिक र प्रहरीबीचको झडपमा अमेरिकामा थुप्रै विरोध प्रदर्शन, हिंसात्मक गतिविधि र गोली समेत प्रहार भएको छ । त्यसकारण अमेरिकाका ४० राज्यमा कर्फ्यु समेत जारी गरिएको छ । कर्फ्युको उल्लंघन गरी नागरिकहरु सडकमा उत्रेका छन् । अमेरिका दिनप्रति दिन प्रदर्शन चर्किदैँ गएको देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्