Logo

क्वारेन्टिनमा रहेकी २२ वर्षिया महिलाको मृत्यु



बैतडी २० जेठ : बैतडीको क्वारेन्टिनमा रहेकी एक महिलाको मृत्यु भएको छ। २२ वर्षिया ती महिलाको मंगलबार राती मृत्यु भएको हो।

बैतडीको पुर्चौडी नगरपालिका ४ भटनास्थित मालिका माध्यामिक विद्यालयको क्वारेन्टिनमा रहेकी ती महिला मुटुको दीर्घ रोगी थिइन्। उनी १८ गतेबाट क्वारेन्टिनमा थिइन्।

मृतक महिला जेठ १६ गते गौरीफन्टा नाका हुँदै बैतडी आएकी थिइन्। ती महिला भारतको पञ्जाबबाट मुटुरोगको उपचार गराएर फर्किएकी हुन्। हालसम्म उनको मृत्युकाे कारण खुलिसकेको छैन।

हाल मृतक महिला सहित उनका श्रीमान्, १८ महिनाको छोरा र एक आफन्तको स्वाब संकलनको तयारी भइरहेको छ।मेरोलागानी File photo



प्रतिक्रिया दिनुहोस्