Logo

चक्रपात निसर्ग भारतको मुम्बई र गुजराततर्फ बढ्दै, नेपालमा असर के



काठमाडौं, २० । चक्रपात निसर्ग भारतको महाराष्ट्र र गुजराततर्फ बढिरहेको छ । दुई राज्यका नागरिकहरुलाई शतर्क हुन भनिएको छ ।
भारतको मौसम पूर्वानुमान केन्द्रले दक्षिणी मुम्बईमा निसर्ग चक्रपातले अबको २४ देखि ४८ घन्टाभित्र आँधी र भारी वर्षा गराउनेछ । त्यतिबेला आँधीको गति प्रति घन्टा १०० किलोमिटर सम्म हुनेछ ।

निसर्गको असर उत्तरी भारतसम्म पर्ने भारतको मौसम पूर्वानुमान केन्द्रले जनाएको छ । सामान्य भन्दा बढी वर्षा हुने जनाइएको छ । चक्रपात नसर्ग नाम बङ्गलादेशले दिएको हो ।

मौसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिम वायु, अरब सागरमा रहेको न्युन चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाले दक्षिण पूर्वी अबर सागरमा रहेको न्युन चापीय क्षेत्र उत्तरतर्फ सर्दै गरेकोले २४ घन्टामा उक्त प्रणाली विकसित हुँदै चक्रवात हुने उल्लेख गरेको छ ।

आज राति देशका विभिन्न भुभागमा मौसम आंशिक बदली रही पुर्वी भागमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । बुधबार र बिहिबार पनि देशका विभिन्न भागमा वर्षाको सम्भावना छ ।



प्रतिक्रिया दिनुहोस्