Logo

कमलादीस्थित होटलबाट समातिएका भीआईपी जुवाडेहरु माथि ५ दिनको म्याद थप



काठमाडौं, २० जेठ । काठमाडौंको कमलादीस्थित एक होटलबाट पक्राउ परेका नौ भीआईपी जुवाडेहरु माथि ५ दिनको म्याद थप गरिएको छ ।

सोमबार पक्राउ परेका नौ भीआईपी जुवाडेलाई प्रहरीले जिल्ला प्रशासन कार्यालयमा मंगलबार उपस्थित गराइएको थियो। भीआईपी जुवाडेहरु माथि थप अनुसन्धानका लागि प्रहरीलाई ५ दिनको म्याद दिएको महानगरीय प्रहरी बृत्त दरबारमार्गले जनाएको छ । विशेष सूचनाको आधारमा भीआईपी जुवाडेहरु जुवा खेलिरहेको क्रममा खटिएको महानगरीय प्रहरी बृत्त दरबारमार्गको टोलीले पक्राउ गरेको थियो ।

उनीहरुको साथबाट पौने तीन लाख रुपैयाँसहित प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । उनीहरुलाई प्रहरी बृत्त दरबारमार्गको हिरासतमा राखिएको छ। पक्राउ पर्नेमा व्यापारीहरु अशोक अग्रवाल, पुरुषोत्तम अग्रवाल, गाविन्द सरिया, रामचन्द्र संघाई लगायत अन्य संलग्न रहेका थिए ।File photo



प्रतिक्रिया दिनुहोस्