Logo

थप २८८ जनामा कोरोनाको संक्रमण, कुल संक्रमितको संख्या २०९९ पुग्यो



काठमाडौं, २० जेठ । थप २८८ जनामा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अपरान्ह गराएको अपडेटअनुसार थप २८८ जनामा कोरोनाको संक्रमण देखिएको हो । उनीहरुमध्ये २७० जना पुरुष र १८ जना महिला छन् । यो सँगै कुल संक्रमितको संख्या दुई हजार ९९ पुगेको छ । अहिलेसम्म ६१ जिल्लामा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्